• बागलुङ– जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

    गुल्मीको इश्मा गाउँपालिकाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५२१९ नं को जीप मध्यपहाडी लोकमार्गको बागलुङ बूर्तिवाङ सडक खण्डको छेउबाट करीब तीन सय मिटर तल बडिगाड खोलामा खस्दा बेपत्ता भएका इश्मा गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्कीको आज मृत अवस्थामा शव फेला परेको छ ।

    कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड– ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला पारिएको स्थानीय पत्रकार दिनेश शर्माले बताए । दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाएका १४ जनाकै शव परिवारले बुझेर सामूहिक दाहासंस्कार गरिसकेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका–२ का वर्षीय २१ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका– ४ का मृतक सूचना कार्कीका चार वर्षीय छोरा हिमाल कार्की र सोही ठाउँ बस्ने २४ वर्षीया निमा केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    घाइते तिनै जनालाई ढोरपाटनस्थित बूर्तिवाङ अस्पतालमा सामान्य उपचार पश्चात हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । दुर्घटनामा परेका सबै निसीखोलाको बायखोलामा कार्की बन्धुहरुको आज हुने भनिएको कूलपूजाका लागि जाँदै थिए ।

    मृत्यु हुने
    १.गुल्मी इश्मा गाँपालिका ४ की अन्दाजी २५ बर्षकी सुचना कार्की
    २.गुल्मी इश्मा गाँपालिका ५ बस्ने २५ बर्षका रेशम थापा चालक
    ३.गुल्मी इश्मा गाँपालिका ५ बस्ने ४० बर्षकी सिता कार्की
    ४.गुल्मी इश्मा गाँपालिका ५ बस्ने अ.६५ बर्षकी झवि कार्की
    ५.गुल्मी इश्मा गाँपालिका ५ बस्ने अ.४० बर्षका महेन्द्र कार्की
    ६.गुल्मी इश्मा गाँपालिका ५ बस्ने अ.४५ बर्षकी भूमी कार्की
    ७. गुल्मी इश्मा गाँपालिका ५ बस्ने २५ बर्षकी मिना बस्नेत
    ८.गुल्मी इश्मा गाँपालिका ५ अ. ६५ बर्षका धन बहादुर कार्की
    ९. गुल्मी इश्मा गाँपालिका ५ की अन्दाजी २ बर्षकी अनुष्का कार्की
    १०. गुल्मी इश्मा गाँपालिका ५ की अन्दाजी ४० बर्षकी बसन्धुरा कार्की
    ११.गुल्मी इश्मा गाँपालिका ३ बस्ने अ. २३ बर्षकी माया थापा
    १२. बागलुङ बडिगाड गाँपालिका ५ बस्ने अ. ५५ बर्षकी लक्ष्मी केसी
    १३. नवलपरासी जिल्ला बर्दघाट नगरपालिका २ बस्ने अ. मुना कार्की
    १४.कञ्चनपुर जिल्ला बस्ने अ. ५५ बर्षका धन बहादुर कार्की
    १५. ६५ वर्षीय धनबहादुर कार्की

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …