•  

    पुष्कर खड्का
    रामेछाप – मन्थली नगरपालीकाले २८ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ । अपाङ्ग सचेतना सेवा केन्द्र रामेछाप र महिला उपचार मञ्च नेपाल मन्थलीको आयोजना तथा मन्थली नगरपालीकाको सहजिकरणमा २८ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइएको हो ।अपाङ्ग सचेतना सेवा केन्द्र रामेछापका अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकाले अपाङ्गहरुलाई पुर्याउँनुपर्ने सेवा सुविधामा कुनै कमि हुन नदिने बताएका छन । उनले स्थानीय सरकारको स्रोत र साधनले भ्याएसम्म अपाङ्ग व्यक्तिहरुको समस्या समाधान गर्ने प्रतिवद्धता समेत ब्यतm गरेका छन ।कार्यक्रमका सहभागि अपाङ्गता भएका व्यक्तिहरुले जीवनयापन गर्न समस्या भैरहेको गुनासो गरेका थिए । अहिले पनि सार्वजनिक संरचनाहरु अपाङ्गमैत्री नहँुदा विभिन्न कठिनाई भैेरहेको उनीहरुको गुनासो थियो । कार्यक्रममा पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, महिला सचेतना मञ्च रामेछापकी अध्यक्ष गंगा कार्की , अपाङ्ग सचेतना सेवा केन्द्र रामेछापका कोषाध्यक्ष पुरुषोत्तम घिमिरे लगाएतले कार्यक्रममा आफ्नो धारण राखेका थिए ।
    Puskar Khadka

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …