• धरान, पुस २६ -धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले विनाप्रतिश्पर्धा एमाले नेताका श्रीमतीलाई जागिर खुवाएका छन् ।

    कार्मचारी आवश्यक परे पदपूर्ति समितिले लिखित र मौखिक परीक्षा लिएर बढी अंक ल्याउने उम्मेदवारलाई मात्र नियुक्त गर्ने प्रावधान छ । तर, मेयरले आफूखुशी नेताका श्रीमतीलाई जागिर दिलाएका हुन् । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

    जागिर पाउनेमा एमाले सुनसरी क्षेत्र नम्बर १ का अध्यक्ष इन्द्र राईकी श्रीमती विजयकला राई र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला निरौला छन् ।

    उनीहरुलाई वडा नम्बर १० स्थित खानेपानीको बिल काउन्टरमा खटाइएको छ ।

    कांग्रेस धरानका सभापति तिलक राईले खुला प्रतिश्पर्धाविना नेताका श्रीमतीलाई जागिर दिँदा गलत सन्देश गएकाले उक्त निर्णय तत्काल खारेज गर्नुपर्ने बताए ।

    एमाले क्षेत्र नम्बर १ का अध्यक्ष डम्बर गुरुङले पनि नेताका श्रीमतीलाई जागिर लगाएको विषयमा असन्तुष्टि जनाए ।

    उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बोर्ड बैठकको निर्णयअनुसार दुवै जनालाई खरिदार पदमा ६ महिनाका लागि करारमा नियुक्त गरिएको बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…