• लमजुङ– दोस्रो विश्वयुद्धमा सहभागी भएका मस्र्याङ्दी गाउँपालिका–७ तांलीचोकका १०३ वर्षीय बखानसिंह गुरुङको निधन भएको छ । ९ कात्तिक १९७३ मा जन्मिएका बखानसिंहले बेलायती सेनाका १ र ६ जिआर पल्टनमा रहेर काम गरेका थिए ।

    उनले मलेसिया, बर्मा (म्यानमार), भारत, पाकिस्तान, सिंगापुरलगायत देशमा बेलायतका तर्फबाट लडेका थिए । बर्मामा उनले ‘बर्मा स्टार वार मेडल’ पनि प्राप्त गरेका थिए । बेलायत सरकारले विश्वयुद्ध लडेबापत उनलाई विभिन्न सम्मान दिएको थियो ।

    विश्वयुद्ध हुनुअगावै बखानसिंह बेलायती सेनाको गोर्खाली समूहमा अनुबन्धित थिए । बेलायती गोर्खा सैनिकमा उनले १५ वर्ष विताएका थिए । त्यसपछि बेलायतमै बसेर बेलायती सरकारको सेवा गरे । बेलायत सरकारले उनलाई गाँस, बास र कपासको व्यवस्था ग‍रे पनि उनी बेलायत बसेनन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …