काठमाडौँ - तपाई हाम्रै घरमा सजिलै पाइने डल्ले खुर्सानी हाम्रो स्वास्थ्यको लागी निकै आवस्यक छ । अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागी राम्रो मानिदैन तर खुर्सानी सेबन भने राम्रो मान्निछ । यसको सेबनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउछ । यदि मोटोपनले हैरान हुनुहुन्छ भने पनि यसको सेबन गर्नाले सजिलै मोटोपन घट्छ ।
डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण हाम्रो स्वास्थ्यलाई फाइदा पुग्छ । यसको सेबनले तौल घटाउन मात्र नभई मुटुमम्बन्धी रोग र पिनासमा पनि लाभदायक मानिन्छ । अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ। यसको सेबनले थकाइ मेटाउन सहयोग गर्छ । हाडजोर्नी दुख्ने समस्या पनि हटाउछ ।