• महलाई निकै स्वस्थकर र पौष्टिक आहार मानिन्छ । डाक्टरहरु प्रायः सबैजसो रोगका लागि मह सेवन लाभदायक हुने बताउँछन् । पोषणका हिसाबले त यो अत्यन्तै उपयोगी खाद्यवस्तु हो । तर, २ वर्षमुनिका शिशुका लागि भने मह हानिकारक छ ।

    महमा एक खतरनाक ब्याक्टेरिया पाइन्छ, जुन प्राणघातक रोग बोटुलिजमको कारण बन्न सक्छ । यो ब्याक्टेरियाले बयस्कलाई कुनै असर गर्न सक्दैन । तर, शिशुको नाजुक प्रतिरक्षा प्रणालीलाई भने नराम्ररी प्रभावित गर्छ, र शिशुलाई बिरामी पार्न सक्छ ।

    यो ब्याक्टेरिया हरेक प्रकारको महमा रहन्छ, चाहे त्यो जुनसुकै स्रोतबाट लिइएको र जतिसुकै शुद्ध होस् । त्यसैले, दुई वर्षमुनिका शिशुलाई मह खुवाउन हुँदैन ।

    त्यस्तै, माछा पनि हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ । यो हेल्दी फ्याट, प्रोटिन, भिटामिन र मिनरल्सको उत्तम स्रोत हो । तर, फाइदाका साथसाथै माछा खानुका केही बेफाइदा पनि छन् । शिशुका लागि त यो घातक नै हुन सक्छ ।

    सबैजसो माछामा मर्करीको उल्लेख्य मात्रा रहन्छ । मर्करी मानव स्वास्थ्यका लागि खतरनाक धातु हो । यसले शरीरमा बायो–अकुमुलेसन हुन थाल्छ, जसबाट शरीरमा पोइजनिङको खतरा रहन्छ ।

    मर्करीले सिधा स्नायु प्रणालीमा असर गर्छ । यसबाट शिशुको मानसिक विकासमा गम्भीर असर पर्छ । वयस्कमा उति असर नदेखाउने मात्राको मर्करीले पनि शिशुको विकासमा भने बाधा गर्न सक्छ । त्यसैले, साना बच्चालाई माछा खुवाउनु राम्रो होइन ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…