विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शिक्षण हस्पिटल पुगेकी छन् । उनी दोस्रोपटक महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेकी हुन् ।
चिकित्सकहरुले डिस्चार्ज दिने निर्णय लिएपछि उनी केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेकी हुन् । भेटका क्रममा भण्डारी र प्रधानमन्त्रीबीच करिब २५ मिनेट कुराकानी भएको छ ।