देबु बानियाँ
बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष लालमणी भण्डारीलाई नोभेम्बर महिनाको जेसीज अफ द मन्थको अवार्ड प्रदान गरिएको छ ।
नेपाल जेसीजले बिहिवार सार्वजनिक गरेको नोभेम्बर महिनाको अवार्ड अन्तर्गत नेपाल जेसीज २०१९ का बार्डका पदाधिकारीहरु मध्येबाट भण्डारीले अफिसर अफ द मन्थको अवार्ड पाउन सफल भएका हुन् । अफिसर अफ द मन्थको अवार्ड राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले प्रदान गर्नु हुन्छ ।
त्रिभूवननगर जेसीजका निवर्तमान अध्यक्ष रहेका भण्डारी नेपाल जेसीज अन्तरगत रहेको क्षेत्र क को निरुपित उपाध्यक्षमा रहेर काम गरिरहेका छन् । भण्डारी नेपाल जेसीज २०२० का लागि राष्ट्रिय कार्यकारीणी पदका उम्मेदवार समेत हुन् ।