• बलिउड अभिनेता ऋतिक रोशन एसियाकै सबैभन्दा ‘सेक्सी पुरुष’ बन्न सफल भएका छन् । बेलायती एक सर्वेले ऋतिकलाई २०१९ को सबैभन्दा कामुक पुरुषको सूचीमा पहिलो नम्बरमा राखेको हो ।

    उमेरले ४५ वसन्त पार गरिसकेका ऋतिकले यो वर्ष ‘वार’ र ‘सुपर ३०’ जस्ता चर्चित फिल्ममा काम गरेका थिए । उनी बलिउडमध्येकै लोकप्रिय अभिनेता पनि हुन् । बहुप्रतिभाशाली ऋतिक नृत्य, अभिनयमा मात्रै होइन दर्शकको सकारात्मक प्रतिक्रियामा पनि निकै अगाडि छन् ।

    उनलाई दर्शकको भोटको आधारमा ब्रिटिश न्यूजविक्ली ईस्टर्न आईले गरेको सर्वेबाट कामुक पुरुष चुनिएको हो ।

    कामुक पुरुषको उपाधि पाएपछि ऋतिकले आभार प्रकट गर्दै भने, ‘म सबैलाई धन्यवाद दिन चाहान्छु । यस्ता सर्वेमा एकजनाको मात्रै निर्णय हुँदैन यसले मानिसहरुले कसलाई कसरी हेर्छन् भन्ने कुराको पनि उजागर हुन्छ ।’

    उनले अगाडि भनेका छन्, ‘कसैलाई आकर्षक बन्न उसको जीवनशैलीको भूमिका धेरै हुन्छ । जीवनको यात्रामा मानिसले जस्तो परिस्थितिको सामना गरेको हुन्छ त्यसको उसको व्यक्तित्वलाई निर्खार्ने काम गर्छ । म जुन तरिकाको भूमिका निर्वाह गर्छु त्यसैमा डुब्ने गर्छु ।’

    ईस्टर्न आई इन्टरटेनमेन्टका सम्पादक असजाद नजिरले ऋतिकको सफलताको पछाडि उनको करियर भएको प्रतिक्रिया दिएका छन् ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…