• काठमाडौं,  कालो चामल युरोपेली देशमा अत्यधिक प्रयोग हुन्छ । यस्तो चामल नेपालका सुपरमार्केटहरूमा सजिलै उपलब्ध हुन्छ । र, नेपालको होटेल तथा रेस्टुरेन्टमा पनि यसको प्रयोग बढ्दै गएको छ । चीनमा पनि कालो चामलको प्रयोग अत्यधिक मात्रामा हुन्छ ।

    कालो चामललाई जापान र कोरियामा सुसी बनाउन र इटालीमा रिसोटो बनाउने प्रयोजनमा प्रयोग गरिन्छ ।
    यस्ता छन् कालो चामलको फाइदा

    डाइबिटिजका बिरामीलाई कालो चामल निकै उपयोगी मानिन्छ ।

    मुटुरोगीका लागि पनि कालो चामल लाभदायक मानिन्छ ।

    यस्तो चामलमा प्रोटिन, आइरन हुने भएकाले अरूको तुलनामा बढी शक्ति प्रदान गर्छ ।

    शरीरलाई सन्तुलित राख्न तथा मोटोपनालाई नियन्त्रण गर्न पनि यसको प्रयोग गर्न सकिन्छ ।

    क्यान्सरका बिरामीका लागि समेत कालो चामल अत्यन्तै फाइदाजनक मानिन्छ ।

    कालो चामलले विभिन्न रोगसँग लड्न सक्ने अतिरिक्त शक्तिसमेत प्रदान गर्छ ।

    सिामान्यतया आधा कप पाकेको कालो चामलमा १६० क्यालोरी, १५ ग्राम चिल्लो पदार्थ, ३४ ग्राम कार्बोहाइड्रेट, २ ग्राम फाइबर, ५ ग्राम प्रोटिन र ४ प्रतिशत आइरन प्राप्त हुन्छ ।

    कालो चामललाई प्राकृतिक र परम्परागत ग्लुटिन फ्री ग्रेनका रूपमा लिइन्छ । यो चामल पूर्ण रूपमा अर्गानिक तरिकाले उत्पादन गरिने भएकाले यसको साइड इफेक्ट हुँदैन ।

    सिामान्य चामल तयार पार्दा यसलाई पोलिस गरी रिफाइन गरिन्छ । जुन स्वास्थ्यका लागि त्यति धेरै राम्रो मानिँदैन । यस्तो चामलको बोक्रा मात्र छिल्ने भएकाले पनि बढी स्वस्थकर मानिन्छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …