•  

    प्रवेश विष्ट।। १३ औं दक्षिण एसियाली
    खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालको स्वर्ण सपना सकिएको छ ।

    पोखरा रंगशालामा शुक्रबार भएको लिगको अन्तिम खेलमा टेष्ट राष्ट्र श्रीलंकासँग पराजित भएसंगै नेपालको स्वर्ण सम्भावना
    सकिएको हो । स्वर्ण सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित भयो ।

    श्रीलंकाले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १९ रन बनाइन् । यस्तै कबिता कुवरले अविजित १३, करुणा भण्डारीले १२ तथा अप्सरी बेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । श्रीलंकाकी सचिनी निसान्सालाले ३ तथा सत्या संदीपानीले २ विकेट हात पारिन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन

    बनायो । उसका लिहिनी अप्सराले ३७, जनादी अनालीले ३५ तथा सत्याले २२ रनको योगदान गरे। नेपालकी सन्तोषी कुमारी र सोनु खड्काले समान २/२ विकेट हात पारिन् । नेपाललाई हराएसँगै श्रीलंका फाइनलमा प्रवेश गरेको छ । अब
    श्रीलंकाले बंगलादेशसँग खेल्नेछ ।
    बंगलादेशले ३ खेलमा ३ जित हात
    पार्दा श्रीलंकाले समान खेलमा २
    खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । नेपालले ३ खेलमा २ अंक जोड्यो । अब नेपालले कास्यको लागि माल्दिभ्ससँग खेल्नेछ

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…