• By: Ratokalam
    काठमाडौं पुस २७ । राष्ट्रिय एकता दिवसको अबसर पारेर खप्तडी बस्नेत युवा समाजको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ काठमाडौं बत्तिसपूतलीमा भएको रक्तादानमा ६५ जनाले रक्तदान गरेको खप्तडी बस्नेत युवा समाजका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिनुभयो ।



    ‘मानिसले पुण्य कमाउन धेरै धार्मिक कार्य तथा अनुष्ठान गरेका हुन्छन् । तर, एकमात्रै ठूलो धर्म र महादान नै रक्तदान हो,अध्यक्ष महेश्वरमान सिंहले भन्नुभयो, रगत जीवनका लागि महत्वपूर्ण छ । रगत दिएर मरिँदैन, रगत नपाएरचाहिँ मर्न सकिन्छ ।’

    उहाँले देशमा बिरामीलाई भईरहेको रगत अभावलाई पनि सहयोग गर्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले समाजले बिभिन्न रचनात्मक कार्यक्रम गर्दै बन्धुहरुको हक हित र उत्थानका लागि पनि सक्रिय रहँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, देशै भरका हाम्रा बन्धुहरुलाई एकिकृत गरि हकहितका लागि बिबिध कार्यक्रमहरु गर्दै आएका छौ ।



    कार्यक्रममा युवाहरुको निक्कै सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन महासचिब महेश कुमार बस्नेतले गर्नुभएको थियो । रक्तदानमा सहभागिहरुलाई सम्मान गरिएको थियो ।



सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…