• एजेन्सी - तपाई हाम्रो समाज विवाह फरक फरह तरिकाबाट हुन्छ । धेरैजसोले विवाह गर्दा धेरै खर्च गरेर गर्ने गर्छन् । धनि मानिसले विवाह गर्दै छ भने दुलही लिन गाडीको लस्कर लगाएर जान्छ । केहिले साधारण तरिकाले पनि विवाह गर्छन् । तर भारतको पन्जाबमा एक करोडपति बेहुलाले भने अनौठो तरिकाले विवाह गरेका छन् ।

    उनले वायु प्रदुषण र विवाहमा हुने अनावश्यक खर्च कटाउन साधारण विवाह गरेका छन् । उनले साधारण रीति रिवाजले विवाह गरे । उनी दुलही लिन गाडीको लाइन लगाएर होइन साइकल लिएर गए । पन्जाबका गुरबख्शीश सिंह नाम गरेका उनी एक करोडपति भए पनि नयाँ उदाहरण पेश गरेका छन् ।

    उनले विवाहमा अनेक खानेकुराहरु पकाउन पनि लगाए । ब्यान्डबाजा पनि बजाए । तर बेहुली लिन भने साइकलमा २५ किलोमिटर टाढा गए । उनले जन्ती १२ जना मात्र लगे । उनले बेहुलीलाई साइकलमा नै चढाएर ल्याए । अहिले उनी पर्यावरणमा कुनै हानी नगरेको भन्दै उनी खुसी छन् ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…