काठमाडौं पुस २७ । लिम्बू समुदायको संस्कृतिमा आधारित चलचित्र केःसाङ्ला को डबिङ कार्य अन्तिम तयारीमा पुगेको छ । भीम तुम्बाहाम्फेको सो फिल्म पूर्व लिम्बूवान भुमिको बिभिन्न रमणिय स्थलमा छायाँङ्कन गरिएको थियो । सो चलचित्रका निर्देशक लोकेन साँबाले डबिङ कार्य अन्तिम चरणमा पुगेको र फिल्म केःसाङ्ला ऐतिहासिक बनेको जानकारी गराउनुभयो ।
चलचित्रमा लिम्बू समुदायको कलासंस्कृतिहरुलाई समेटिएको छ । ‘मर्दा,पर्दा,बिवाहमा अबस्थानुसार हरेकपल बजाइने बाजा च्याब्रुङ केःसाङ्लाकोे बायाँ तर्फ बाट हिर्काइने फुर्का सहितको हत्ताको कथा बस्तुलाई समेटेर चलचित्र तयार पारिएको निर्माण पक्षले जानकारी गराएको छ ।
चलचित्र केःसाङ्ला आगामी नयाँ साल २०७५ को आगमन सँगै देश बिदेशमा प्रदर्सन हुने साँवाले जानकारी दिनुभयो ।