•  

    प्रवेश बिष्ट। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । पोखरा रंगशालामा शनिबार कास्यका लागि भएको खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य जितेको हो ।

    माल्दिभ्सले दिएको ९ रनको सामान्य लक्ष्य नेपालले १ ओभर १ बलमा लक्ष्य पुरा गर्यो । नेपालकी रोमा थापाले ५ र काजोल श्रेष्ठले २ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले ११ ओभर ३ बलमा ८ रन जोड्दा अलआउट भएको छ ।

    माल्दिभ्सको एमा ऐस्थाले १ रन बनाउँदा अन्य खेलाडीले खाता खोल्न सकेनन् । नेपालकी अन्जली चन्दले ४ विकेट लिइन्। यस्तै रुबिना क्षेत्रि र सिता राना मगरले समान २/२ विकेट हात पारे । स्वर्णका लागि भने श्रीलंका र बंगलादेशले खेल्ने छ

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…