मंसिर २२, पथरी ।
साहित्यकार तथा शिक्षक स्वर्गिय चन्द्रमान (सिएम) कन्दङवाको स्मृतिमा लेखिएको पुस्तक प्रकाशन गरिएको छ ।
गत शुक्रबार धरानमा सिएम परिवारद्वारा आयोजित एक औपचारिक कार्यक्रमका विच प्रमुख अतिथी तथा प्राज्ञ कुलपती समालोचक गङ्गा उप्रेती, साहित्यकार गोविन्द राज भटराई, विष्णु शिवाकोटी लगायतले सामुहिक रुपमा उत्त पुस्तकको बिमोचन गरेका थिए ।
सिएम कन्दङवाको जिवनी समेटिएको पुस्तकमा उनका जीवनमा घटेका घटना, उनले समाजको मूल परिवर्तन को लागि पुर्याएको योगदानलाई दर्शाइएको छ ।
कन्दङवा सधै समतामूलक समाज निर्माण को लागि आफ्ना क्रान्तिकारी बिचारद्वारा लडिरहे । उनी पेशाले शिक्षक र मार्क्सवादी विचारधाराका एक सच्चा कम्युनिस्ट समेत रहेका थिए ।
उनले राजनितिक पक्षमा ‘ पनि महत्वपूर्ण योगदान पुरयाएका छन । कम्युनिस्ट बिचारलाई उनले आम जनता माझ भिजाउने कार्यमा पनि धेरै सलग्न थिए कन्दङवा ।
सिएम दाजिलिङमा जन्मेका थिए । उनले धनकुटाको रामनिमाविबाट शिक्षण पेशा सुरु गरेका थिए। उनले पछि आएर मोरङमा संगीत शिक्षण पेशा अङ्गालेका थिए ।
उनले विभिन्न लिम्बुवान क्षेत्रहरुमा शिक्षण पेशा गरे। त्यो बेला शिक्षाको लागि दक्ष राम्रो शिक्षकको धेरै अभाव हुने गर्दथ्यो। उनले धेरै वटा भाषाहरु अध्ययन गरेका थिए, बङ्गालि, हिन्दी, नेपाली, लिम्बू, संस्कृति र अङ्ग्रेजी भाषा राम्रो बोल्न जान्दथे ।
तिनवटा उपन्यास समेत उनले प्रकाशमा ल्याएका थिए । उनका राजनितिक शैक्षिक शिष्यहरु अझै पनि छन । उनैको उपदेश उनैको शिक्षालाई अपनाएका छन ।
उनी सन्सारमा नरहे पनि उनलाई उनका हरेक साहित्य र उनका परिवर्तनकारि बिचारहरुमा उनलाई जिवित पाइरहेको छन । उनीलाई सम्झिरहेका छन उनैलाई समर्पित साहित्य हरु सृजना गरिरहेका छन् ।
कन्दङवालाई सिङ्गो रास्ट्रको एक इतिहास र एक महान योद्धाको रुपमा चिनिएको थियो ।