• अर्जुन जम्नेली राई

    मोरङ । किराँती समुदायको चाड उधौलीको अवसरमा मोरङको केराबारी-९, कुसुमेमा आज (मंसिर-२०)देखि सुरु भएको "दोश्रो खुल्ला नकआउट फुटबल प्रतियोगिता-२०७६" भएको छ ।

    उद्घाटन खेलमा आयोजक कुसुमे साईनिङ क्लव केराबारी मोरङलाई ट्राइबेकरमा पराजित गर्दै रोयल फुटबल क्लब दमक झापा दोस्रो चरणमा प्रवेश गरेको छ ।

    निर्धारित समयमा कुनै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट हरिएको थियो ।

    ट्राइब्रेकरमा ३-५ गोल अन्तरले आयोजक साइनिङ क्लबलाई पराजित गर्दै रोयलले सेमीफाइनलमा प्रवेश पाएको हो ।

    भोलि सनिबार सशस्त्र प्रहरी बल पुर्वान्चल र लेटाङ फुटबल क्लब मोरङबीच खेल हुने आयोजक साइनिङ क्लबका अध्यक्ष भक्तशेर लिम्बूले बताए ।

    उपाधी विजेतालाई ५१, उपविजेतालाई ३१ हजार नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

    क्लबको अध्यक्ष भक्तशेर लिम्बूको सभापतित्वमा भएको उद्घाटन सभामा केराबारी गाउँपालिकाको उपप्रमुख शान्ती कुमारी लिम्बू
    नेकपा अध्यक्ष राम कार्की, कांग्रेसका प्रकाश बस्नेत, समाजवादी पार्टी नेपालका योगराज राई, वडा नं. ९ का अध्यक्ष भुपतिन्द्र मल्ल लगायतले शुभकामना दिएका थिए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…