• उर्लाबारी,२७ पुस । मोरङको उर्लाबारीमा बिहिवार लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजको पदस्थापन तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ उर्लाबारी आस्थाको स्पोनसरमा स्थापित भएको लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजका पदाधिकारीहरुलाई पदस्थापन गराउनुका साथै क्लबमा रहेका २४ जना सदस्यहरुलाई नै सपथ ग्रहण गराईएको थियो । कार्यक्रममा विशिष्ट अतिथी लायन्स क्लबका डिष्ट्रिक गर्भनर लिलाकुमार ढुंगेलले पदस्थापन तथा सपथ ग्रहण गराउनुभएको थियो । लायन्स क्लब अफ उर्लाबारी आस्थाकी अध्यक्ष सम्झना खतिवडा (आचार्य ) को अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, विशिष्ट अतिथी उपप्रमुख लक्ष्मीदेवी भण्डारी, लायनहरु इन्द्र खत्री, शिव रिजाल, रेवतबहादुर कार्की, विजयहरी शर्मा, तेजकुमार रिजाल लगायतले बोल्नुभएको थियो ।


    कार्यक्रमका प्रमुख अतिथी फागोले लायनहरुलाई सामाजिक सेवाका काममा सदैव लाग्न प्रेरणा दिँदै लायन्सले गर्ने हरेक गतिविधिमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । सोही अवसरमा लायन्स क्लब अफ उर्लाबारी आस्था र लायन्स क्लब अफ उर्लाबारीको सहयोगमा लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेजले उर्लाबारी नगरभित्र रहेका ३८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको अध्यक्ष गंगादेवी ढकालले जानकारी दिनुभयो ।





























सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…