•  

     मोरङ। तत्कालिन पंचायती शासनका समयमा सिजुवा गाँउ पञ्चायतका प्रधानपञ्चको विशेष पहलमा 2042 सालमा स्थानिय किसानहरूको कृषि पेशामा केही सहजता ल्याउन सौठालाई केन्द्र बनाएर साना किसान संस्थाको स्थापना भयो। साना कासान संस्थाको सहकार्यमा कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन र कृषिलाई सहज बनाउन गाँउगाँउमा यसका थुप्रै कृषक समुहहरू निर्माण गरियो। सोही संस्थाका माध्यमबाट किसानलाई आधुनिक कृषि उपकरण , बिउ बिजन र कृषि सम्बन्धि तालिम दिई कृषिजन्य वस्तुहरूको उपलब्ध गराउने प्रयास गरियो। जनताले त्यहाबाट केही सहजताको प्रत्येक्ष अनुभूति गर्न पाए पनि जनआन्दोलन पश्चात वि.स 2046 सालमा आएको राजनितिक परिवर्तन पछि साना किसान संस्थाहरू राजनिती गर्ने थलो बनेको छ। तत्कालिन नेकपा माओवादीले सुरू गरेको शसस्त्र आन्दोलनका समयमा सौठा चौकमा रहेको तस संस्थाका सम्पूर्ण कागज पत्रहरू विद्रोही समुहले पूर्णरूपमा जलाएर नष्ट पारिदिए। विद्रोही समूहले लगेका किसानहरूका लालपुर्जा केही समयपछि फिर्ता भए पनि मालपोतमा रोक्का गरिएका जग्गा फुकुवा हुन नसकेपछि यो समयावधि भर जग्गा किनबेच हुन सकेन। करिब आठ नौ वर्षपछि शसस्त्र द्वन्दको अन्त्यका साथसाथै देशमा शान्ति स्थापनाको प्रयास भयो। साना किसानहरूको रोक्का गरिएको जग्गा मात्र गरेन सरकारले तिस हजार भन्दा कम ऋण छुट दिने निर्णय गरेपछि किसानहरू निकै हर्षित भए। लामो समय देखी संचालनमा नआएका यस्ता संस्थाहरू पूरः संचालनमा आए। पूनः संचालनमा आपछि यस संस्थाले पनि आफ्नो कार्यलाई तिव्रता दियो । विभिन्न राजनितीक संङ्घर्ष पछि देशमा आएको राजनितिक परिवर्तनका कारण यो संस्था राजनितीक आँखडा बन्न पुग्यो। पटकपटक बनेका संचालक समितीहरू हुनेखाने र पहुँचवालाहरूका निम्ति मात्रै सकृय रहेको र गरिबहरूको निम्ती केही नगरेको स्थानिय किसानहरूको गुनासो रहेको छ। राजनितिक भागबन्डाले गर्दा अहिले स्थानियहरूको यस संस्था प्रति लोकप्रियता घट्दै गएको छ। सहुलियत दरमा ऋण नपाउनु, चर्को ब्याजदर राज्यकोषबाट छुट्याइएको सेवा सुविधाहरू सहजरूपमा नपाउनु संस्थाका आर्थिक पक्षको अपारदर्शिता लगायतका विषयले यस संस्थामा आवद्ध कृषकहरू मारमा पर्दै आइरहेका छन्। तसर्थ यस पटक भने संस्थाको व्यवस्थापनलाई चुस्त दुरूस्त र व्यवस्थित बनाउन नेतृत्व परिवर्तन गर्ने पक्षमा ,सौठा साना किसान सहकारीका अघिल्ला दिनहरूका समस्या समाधान गर्न सक्षम र भरपर्दो नेतृत्व निर्वाह गर्न सक्ने युवा समाजसेवी विनोद थापा (गणेश) यसपटक सबै स्थानिय किसानहरूको हितका निम्ती किसानहरूकॅ ढुकढुकी बनेर यहि मंसिर 27 गते हुन लागेको संस्थाको अध्यक्ष पदका लागि चुनावी सभावाट आफ्नो निकट प्रतिद्वन्दीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। मिठो बोलिवचन ,अनुशाशित कुशल स्वभावका थापा पछिल्लो समय स्थानिय स्तरमा निकै लोकप्रिय छन्।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…