• इटहरी । सुनसरीको ईटहरीमा रहेको जनता बहुमुखी क्याम्पसका पाँच विद्यार्थी नेताहरूलाई प्रहरलिे नियन्त्रणमा लिएको छ ।

    क्याम्पसको शैक्षिक गितिविध विग्रिने गरी कार्यक्रम सत्र्चालन गरेको भन्दै विरोध जनाएपछि विद्यार्थी नेताहरू सहदेव काफ्ले, किरण विष्ट, सागर धमला, संगित सन्तोस र प्रविण दहाललाइ प्रहरीले नियन्त्रणमा लिएको हो । आईतबार क्याम्पसको खेल मैदानमा आयोजित बृहत ख्रीष्टमस महोत्सवले पठन पाठनमा पुर्ण रूपमा अवरोध पुगेको भन्दै विद्यार्थी नेताहरूले विरोध गरेका थिए ।

    यस अघि विद्यार्थी सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै उक्त विषयमा खेद प्रकट गरेका थिए । ‘क्याम्पस हातामा रहेको खेल मैदान विद्यार्थीहरूले प्रयोग गर्न पाउनु हाम्रो अधिकार हो । विद्यार्थीको हक हित र उन्नतीका निम्ती बिद्यार्थी संगठन एक जुट भएको विज्ञप्तिमा उल्लेख छ ।विद्यार्थी सङ्गठनहरू संग छलफल नै नगरी लिएको निर्णय बाट उत्पन्न परिस्थितिको क्याम्पसले नै जिम्मेवारी लिनु पर्ने विद्यार्थी सङ्गठनहरूले बताएका छन् । कार्यक्रम गर्ने विषयमा क्याम्पस प्रमुख भोजराज श्रेष्ठ सँग कुरा गर्दा नागरिक समाजका व्यक्तिहरू समेत आएर स्थान मागेकाले प्रशासन बाट निर्णय गरेर कार्यक्रम सञ्चालन गर्ने अनुमती दिएको बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…