काठमाडौं । एक मन्त्री संसदीय बैठकमा निर्धारित समयभन्दा ३ मिनेट ढिलो पुग्दा राजीनामा मागिएको छ । जापानका ओलिम्पिक्स मामिलामन्त्री योशीताका साकुरादा बिहीबार बैठकमा जम्मा ३ मिनेट ढिला आउँदा विपक्षी सांसदहरूले चर्को विरोध गरेका छन् ।
मन्त्रीको ढिलाईले उनको कार्यालयप्रति अपमान दर्शाएको भन्दै विपक्षी सांसदहरुले बजेट समितिको बैठक नै विरोधस्वरूप पाँच घण्टासम्म बहिष्कार गरिदिएका हुन् ।