• मेचीनगर । चारआली जेसीजले जेसीज सप्ताह कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

    जेसीजले मंसीर १४ गते अर्जुनधारा नगरपालिका वडा नं। १० मा सर्पदंश सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेर सुरु गरेको सप्ताहव्यापी कार्यक्रम बद्धशान्ति गाउँपालिका वडा नं। ४ गुराँस बस्तीमा स्वास्थ्य शिविर आयोजना गरी समापन गरेको हो ।

    चारआली जेसीजका अध्यक्ष उत्तम पकुवालको अध्यक्षतामा भएको स्वास्थ्य शिविरको प्रमुख अतिथि बद्धशान्ति गाउँपालिका वडा नं।४ का वडाध्यक्ष बुद्धिमान जवेगु रहेका थिए ।

    गुराँस सामुदायिक संस्था बुद्धशान्तिको सहआयोजना तथा परिवार नियोजन संघ चारआली, बि एण्ड सि टिचिङ्ग हस्पिटल र बिर्ता आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा ४०० जनाले स्वास्थ्य परीक्षण गराएको कार्यक्रम संयोजक बिरबहादुर बेघाले जानकारी दिए ।

    उक्त शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर , बाल रोग , हाडजोर्नी , आँखा जाँच लगायत विभिन्न रोगहरुको परीक्षण गरिएको थियो ।

    जेसीजले गत मंसिर १९ गते मेचीनगर नगरपालिका वडा नं। १३ चारआलीमा ट्राफिक सचेतना कार्यक्रम तथा जेसीजका महासचिव सञ्जय निरौलाको जन्मदिनको अवसरमा त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा वृक्षारोपण समेत गरेको अध्यक्ष पकुवालले जानकारी दिए ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…