देबु बानियाँ
बाहुण्डाँगी । ४ दिनसम्म चल्ने नेपाल जेसीजको महाधिवेशनका लागि आवासको व्यवस्थापन आतिथ्यता शाखालाई सबै भन्दा धेरै प्रेसरको काम हुने गर्छ ।
हरेक वर्ष हुने महाधिवेशनमा सहभागि हुने शाखाका सदस्यहरुलाई व्यवस्थित रुपमा राख्न निकै चुनौतीपूर्ण बन्ने गर्छ । त्यसको एउटै कारण भनेको महाधिवेशनमा कति सहभागि हुन्छन भन्ने एक्किन नहुनु नै हो । आतिथ्यता शाखाले जुन अपेक्षा गरेको हुन्छ त्यसमा कहिले धेरै हुन्छन् त कहिले कमी । यसैले यो समस्य जहिलै जटिल हुने गरेको हो । त्यसमा पनि शाखाले व्यवस्थापन गरिएको स्थानमा सहभागिले नरुचाइदिदा अर्काे समस्या हुने गर्छ । एकातिर होटलको अभाव र अर्काेतिर समयमा रजिष्ट्रेशन नहुँदा आइपर्ने समस्याहरु हुन् ।
तर, यस वर्ष चितनवको रत्ननगरमा हुने महाधिवेशनको बसाइमा कुनै समस्या नहुने महाधिवेशन आवास समितिका संयोजक विश्वास रायामाझीले बताउनु भयो ।
यहि पुष ९ गते देखि हुने नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको रत्ननगर जेसीजले आवासको जिम्मेवारी शाखाका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष विश्वास रायामाझीलाई दिएको छ । जुन जिम्मेवारीलाई पुरा गर्न रायामाझी अहोरात्र लागि पर्नु भएको छ । एक महिना अघि देखि रायामाझीका लागि एउटै चिन्ताको विषय भनेको अतिथिहरुको बसाईमा सहजता कसरी दिन सकिन्छ भन्ने हो ।
यति हुँदा हुँदै पनि रायामाझी आफ्नो जिम्मेवारीमा विश्वस्त भएर लाग्नु भएको छ । जसका लागि उहाँले थुप्रै आधारहरु तयार पार्नु भएको छ । जसको लागि सबै भन्दा सहज भनेको यस क्षेत्र पर्यटकीय शहर भएकाले होटलको कुनै समस्या नहुन हो ।
रत्ननगर नगरपालिको टाँडी र सौराहमा मात्र करिब ९ हजार मानिस बस्न सक्ने क्षमता भएका सुविधा सम्पन्न होटलहरु छन् ।
करिब २ हजार सहभागि हुने अनुमान गरिएको महाधिवेशनका लागि बसाइ व्यवस्थापनलाई २ भागमा विभाजन गरिएको छ । एउटा आवाससहितको रजिष्ट्रेशन र एउटा आवासरहित रजिष्ट्रेशन । आवाससहितको रजिष्ट्रेशनका लागि १२ सय मानिसहरुका लागि अनुमान गरेर ५ सय रुम बुक गरिसकिएको संयोजक रायामाझीले बताउनु भयो । उहाँका अनुसार जसमध्ये २ सय रुम टाँडी र ३ सय सौराहमा बुक गरिएका छन् । यसका लागि २४ गते मंगलवारसम्म रजिष्ट्रेशन गरिसकिएको हुनु पर्नेछ । साथै १ सय ५० वटा रुम होल्डमा राखिएको छ । यदि १२ सय भन्दा बढि प्रि रजिष्ट्रेशन भएमा होल्डमा राखिएका रुमहरु बुक हुनेछन् ।
यदि आवास रहित रजिष्ट्रेशन भएमा त्यसमा पनि आतिथ्यता शाखाले होटलका लागि सहजीकरण गर्ने योजनालाई अघि सारेको छ । जसका लागि महाधिवेशन स्थलमा छिमेकी शाखा सौराह जेसीजको टिम हेल्प डेक्सका रुपमा बस्नेछ र उक्त हेल्प डेक्सले सम्पर्कमा रहेका होटलसम्म पुर्याउने काम गर्ने संयोजक रायामाझीले बताउनु भयो । जुन हेल्प डेक्समा सौराह जेसीजसँग आतिथ्यता शाखाका सदस्यहरु पनि सहजीकरणमा हुने उहाले बताउनु भयो । बुधवारदेखि आवासरहितको रजिष्ट्रेशन बन्द हुने हुँदा रजिष्ट्रेशन भएका शाखालाई व्यवस्थापन गर्न सहज हुने रायामाझीले बताउनु भयो । उहाँले आवाससहितको रजिष्ट्रेशन गर्न समेत आग्रह गर्नु भयो ।
यसैगरी प्रि रजिष्ट्रेशन गर्ने शाखाहरुका लागि तयार गरिएको होटलको नाम, रुम नम्बर सबै शाखाको मोवाएलमा एस.एम.एस. पठाइने छ भने ९ गते रत्ननगर पुग्दै गर्दा किटव्याग होटलबाटै लिन सक्ने गरी व्यवस्थापन गरिने संयोजक रायामाझीले जानकारी दिनु भयो
जेसीज अभियानमा लागेयता ११ वटा राष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउँदै धेरै अनुभव बोटल्नु भएका रायामाझीले रत्ननगर बसाइमा कुनै समस्या र अफ्ठयारो नहुने बताउँदै आफ्नै घरमा बसेको अनुभूति गराउने बताउनु भयो । ‘४ दिनको बसाइ अत्यन्तै सहज र स्मरणीय बनाउने छौँ’ रायामाझीले भन्नु भयो हामीले सानो भन्दा सानो विषयलाई पनि कमी हुन नदिने गरी काम गरिरहेका छौँ । तपाईहरुको बसाईको क्रममा कुनै किसिमको समस्या आएमा हामी तुरुन्त त्यसका समाधान गर्नछौँ । हामीले बुुक गरेका सबै होटल एटेज, नेटको सुबिधासहितका छन् ।’
साथै रायामाझीले यस अघिका महाधिवेशनमा आफैले भाग्नु भएको ३ जना बस्न सक्ने कोठामा ४ जना वा ५ जना बस्नु पर्ने बाध्यतालाई समेत हटाएको बताउनु भयो । ‘यो वर्ष एउटा रुपमा जति जनाको क्षमता हो त्यस भन्दा माथि एक जना पनि बस्न पर्देन’ उहाँले भन्नु भयो–‘होटलका रुममा भएको क्षमताका आधारमा डबल बेडमा २ जना र सिंगल बेडमा एक जना मात्र बस्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । क्षमता भन्दा बढीलाई कुनै पनि कोठामा सुत्नु पर्ने समस्या नहुने सबै होटलका सबै रुपमा खानेपानीको व्यवस्था हुनेछ ।’
महाधिवेशनको अन्य तयारी पनि तिब्र रुपमा अघि बढिरहेको आतिथ्यिता शाखाले बताएको छ । होटल स्टार बेङकुइडमा हुने महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ ।