• स्वास्थ रहन खानेकुरामा विशेष ध्यान दिन जरुरी छ । खान पाइयो भन्दैमा खानालाई सहि तरीकाले खाइयो भने मात्र स्वस्थ हुन सकिन्छ । खाली पेट वा भरिएको पेट भएको बेलामा केही खानेकुरा नखानु भन्ने नेपाली समाजमा चलन रहेको छ ।
    तपाईलाई बिरामी पार्न सक्ने वा रोग निमत्याउन सक्ने खतरा रहन्छ। आज हामी यस्ता केही खाने कुरा जो खाली पेटमा खान उपयुक्त हुँदैन त्यसका बारेमा धकेहि जाकारी दिन गइरहेका छौं ।

    दहि : पेटका लागि निकै उपयोगी खानेकुरा हो दहि । गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन। एसिडिटी उत्पन्न हुन्छ । अमिला फलफूल अधिकांशले रुचाउँछन्। तीमध्ये सुन्तला त धेरैको प्रिय मानिन्छ। खाली पेट खायो भने मानव शरीरका लागि विष बन्न सक्छन्। त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन ्।

    केरा : पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ। यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ। बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ। चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन। किनकी खाली पेटमा केरा खाँदा एसिडिटी बढाउँछ

    चिया वा कफी : चिया वा कफी पिउनु नेपाली संस्कृति नै बनेको छ। त्यससँगै निद्रा हटाउन पनि मानिस हरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ। यसले शरीरलाई रिलाक्स अनुभव गराउँछ। खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ।

    खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा असर र्पुयाउँछ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…