• काठमाडौं । फुटबल फाइनलसँगै तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) आज समापन हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुरुष फुटबलको फाईनल खेल सकिएपछि सागको पनि बिसर्जन हुनेछ ।

    सागमा नेपालले ठूलै उपलव्धि हासिल गरेको खुशियालीमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडिहरुलाई आकर्षक पुरस्कारको घोषणा गर्ने तयारी गरिसकेको बुझिएको छ । अस्वस्थ्यताका कारण समापन समारोहमा उपस्थित हुन असमर्थ प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाट सागमा सहभागी सार्क राष्ट्रका खेलाडि र दर्शकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले नेपालका बिजयी खेलाडिहरुका लागि आकर्षक उपहार घोषणा गरी उनीहरुको सम्मान गर्ने भएका छन् ।

    काठमाडौं–पोखरा–जनकपुरधाममा मङ्सिर १० गतेदेखि साग खेल सुरु भएको थियो । यसवीच १० दिनसम्म चलेको सागको अन्तिम दिन आज १५ स्वर्णका लागि स्पर्धा हुँदैछ । समापन समारोह अघि तीन बजेदेखि फुटबलमा स्वर्ण पदकका लागि नेपाल र भुटानवीच प्रतिष्पर्धा हुँदैछ ।

    आज हुने खेल

    फुटबलको स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनुअघि आज बास्केटबल, जुडोको फाइनल खेल हुनेछन् । बास्केटबलमा महिलातर्फ काश्य पदकको लागि भुटान र माल्दिभ्स तथा पुरुषतर्फ नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । बक्सिङ्गमा आज ८ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, जुडोको एक स्वर्णका लागि टिम इभेन्ट हुँदैछ । स्क्वशमा आज महिला र पुरुषतर्फ स्वर्ण पदकका लागि भारत र पाकिस्तानबीच खेल हुनेछ । पुरुषतर्फ काश्य पदकका लागि नेपाल र बङ्गलादेश खेल्ने छन् ।

    तेह्रौं दक्षिण एसियाली खेलकुद आयोजक समितिले यसअघि क्रिकेट पुरुष र महिला, फुटबल पुरुष र महिलाको फाइनलपनि मङ्सिर २४ मै गर्ने प्रारम्भिक तालिका सार्वजनिक गरेको थियो । तर पुरुष र महिला क्रिकेटसँगै महिला फुटबलको फाइनल खेल सम्पन्न भइसकेको छ । जुडोतर्फ टिम इभेन्ट र बक्सिङ्गतर्फको फाइनल खेल हुनेछन् ।

    साग समापन समारोहको पूर्वसन्ध्यामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले पत्रकार सम्मेलन गरी समापन भब्य र सभ्य हुने बताइसकेका छन् । सागको तीन दशक बढीको इतिहासमा सबैभन्दा बढी स्वर्ण जितेर नेपालले नयाँ कीर्तिमान बनाएको तेह्रौं साग नै हो । फाइनलका केही खेल हुन बाँकी रहँदा राखेपले साग सुरु हुनु अघि दाबी गरे बमोजिम नै नेपालले ४९ स्वर्ण जितेर दोस्रो स्थान हासिल गरेको छ । पदक तालिकामा भारतले यसअघिका संस्करण झैं तेह्रौं सागमा आफ्नो वर्चश्व यथावत् राखेको छ । भारत हालसम्म १५९ स्वर्ण, ९१ रजत र ४४ काश्य जितेर २९४ पदकसहित शीर्ष स्थानमा छ ।

    दोस्रो स्थानको नेपालले ४९ स्वर्ण, ५४ रजत र ९२ काश्यसहित १९५ पदक जितेको छ । तेस्रो स्थानमा भने श्रीलङ्का छ । श्रीलङ्काले ३९ स्वर्ण, ७९ रजत र ११८ काश्य गरी कुल २३६ पदक जितेको छ ।

    चौथो स्थानमा रहेको पाकिस्तानको कुल पदक १२४ छ । उसले ३२ स्वर्ण, ३७ रजत र ५५ काश्य जितेको छ । पाँचौं स्थानको बङ्गलादेशले १९ स्वर्ण, ३२ रजत र ८१ काश्यसहित कुल १३२ पदक जितेको छ ।

    माल्दिभ्सले हालसम्म एक स्वर्ण र तीन काश्य गरी कुल चार पदकसहित छैठौं र भुटानले छ रजत र १३ काश्यसहित १९ पदक ल्याएर अन्तिम स्थामा छ ।

     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…