•  

    पुर्बबाटै तयार भएर पुर्बबाटै प्रसारण हुने हास्य टेलिशृन्खला दोबाटेको चर्चा अहिले जताततै छ । त्यहि दोबाटे टिमले करिब तीन बर्ष अगाडी नै तयार पारेको हास्नु हुन्न है नामक हास्य टेलिशृन्खलाको चौथो भाग सुपर अनलाइन टिभी मार्फत भर्खरै सार्बजनिक भएको छ ।

     

    गाउले जीवन अनि गाउले परिवेशलाई जस्ताको तस्तै उतारिएको यश टेलिशृन्खलामा हरेक हप्ता केही न केही सन्देश पाइन्छ । काठमाडौमा कलाकारितामा संघर्ष गरेका दुई युबा मिलेर दुखै दुखमा बनाएको सिरियलमा दोबाटेमा चिबेको भुमिकामा देखा पर्ने समीर सुवेदी र कोपाको भुमिकामा हुने आइन्द्र लिम्बु लगायत बिष्णु भट्टराई,आशिस ठकुरी,सुजन ढकाल,गणेश भट्टराई,सुमि ठकुरी,सोम मगराती,सुस्मा श्रेष्ठ,हेमराज जोशी,दिपक सुवेदी,बिकाश कार्की दिलिप तामाङ आदि कलाकारहरूको सशक्त अभिनय देख्न पाइन्छ । हास्य टेलिशृन्खला हास्नु हुन्न है समीर सुवेदी र आइन्द्र लिम्बुको लेखन तथा निर्देशनमा तयार हुने गरेको छ ।दोबाटेमा आउनुभन्दा अगाडी नै तीन बर्ष पहिला बनाएको सिरियल अहिले युटुबमा लोकप्रिय बन्दै गइरहेको छ ।

     

    https://www.youtube.com/watch?v=OpRczAKqxFQ&feature=youtu.be&fbclid=IwAR0o7PlEIM51EfQCu_bYyQEYT8eUFs4J-D0d6RGKLvPgnZkqk9CRiIwD_OY

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…