• बाहुण्डाँगी । युवाहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने तथा उनीहरु भित्रको क्षमता विकास गर्ने हेतुले जेसीआई पोखराले ‘‘गण्डकी युवा वक्ता २०१९’’ नामक वक्तृत्वकला प्रतियोगीता कार्यक्रम आयोजना गर्न लागेको छ ।
    २१ औ शताब्दीका युवाको प्रतिभा, तथा क्षमता पहिचानको लागि सञ्चालन गरिने यो प्रतियोगीता पृथक प्रतियोगिता हो । जेसीआइ पोखराका विगतका क्रियाकलापहरु बाट प्राप्त उपलब्धीले पनि यस प्रतियोगीतालाई सफल बनाउने छ भन्ने विश्वास विश्वासका साथ कार्यक्रम गर्ने तयारी गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को सफलताको लागि जेसीआई पोखराले पनि सहकार्य गर्ने उद्देश्य सहित ”नेपाल भ्रमण २०२०ः सम्भावना र चुनौति” विषयमा वक्तृत्वकला प्रतियोगिता गर्न लागिएको ्हो ।
    नेपाल भ्रमण २०२० ः सम्भावना र चुनौती बिषयमा सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी लगभग सकिएको जानकारी गराउँदै अन्तिम स्पर्धा २८ गते हुनेछ । प्रतियोगिता नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न हुनेछं । १०+२ उत्तिर्ण वा सो सरह अध्ययनरत बिध्यार्थीहरु सहभागि हुन पाउने प्रतियोगितामा अध्ययनरत क्याम्पस, बिद्यालय वा बिश्वबिद्यालय को सिफारिश पत्र, तथा परिचय पत्र अनिवार्य रहनेछ । प्रतियोगिताका बिजेता÷उपबिजेता÷सह बिजेतालाई क्रमशः नगद रु. ४०,०००, ट्रफि, प्रमाण पत्र÷२५,०००, प्रमाण पत्र÷१५,०००, प्रमाण पत्र पुरस्कार पाउने शाखाका २०१९ का अध्यक्ष सन्तोष शाहीले बताउनु भयो । प्रतियोगिताको सम्पुर्ण खर्च रु ३ लाख लाग्ने अनुमान गरिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…