• बाहुण्डाँगी कैलालीको अत्तरियामा जेसीज सप्ताह अन्तर्गत आज चौथो दिन बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अत्तरिया जेसीज बर्ष २०१९ को आयोजनामा शनिवार देखी सुरु भएको जेसीज सप्ताह अन्तर्गत चौथोे दिन आज अत्तरियाको दुर्गालक्ष्मी नमुना माध्यामिक विद्यालयमा बक्तृत्वकला प्रतियोगिता गरिएको हो । प्रतियोगितामा अत्तरियाका तिन ओटा बिद्यालयका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । बिधार्थीहरुमा बोल्ने कलाको बिकास संगसंगै नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न पर्यटन सम्बन्धीको बिषयमा रहेर प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका संयोजक एबम् अत्तरिया जेसिज बर्ष २०१९ का कोषाध्यक्ष पदमराज ओझाले जानकारी दिए ।

    सम्बृद्ध नेपाल निर्माणका लागि पर्यटन क्षेत्रको सम्भावना र चुनौती बिषय प्रतियोगितामा रहेको थियो । प्रतियोगितामा दुर्गालक्ष्मी नमुना मावि, लोटस आई मावि र जनकल्याण सेकेण्डरी स्कुलका गरी तिन बिद्यालयका १६ जना बिद्यार्थीहरुले भाग लिएका थिए । जसमा लोटस आई माविकी मनिषा खड्का प्रथम, दुर्गालक्ष्मी नमुना माविका करन धामी र दुर्गालक्ष्मीकै भावना सापकोटा तृतिय भएको संयोजक पदमराज ओझाले जानकारी दिए । प्रथम हुनेले नगद दुई हजार पाच सय, द्धितियले दुई हजार र तृतियले एक हजार पाँच सय पुरस्कार प्रदान गरिने कार्यक्रम संचालक तथा महासचिव जेसी प्रमोद अधिकारीले जानकारी दिए ।

    बिजयी भएका तिनै जनालाई जेसीज सप्ताहको समापन मंसिर २७ गतेको कार्यक्रममा नगद सहित पुरस्कृत गरिने मूल समारोह संयोजक तथा अत्तरिया जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी हरि कडायतले जानकारी दिए । निर्णायकहरुमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका शिक्षक पदमप्रकास साउँद, दुर्गालक्ष्मी नमुना माविका शिक्षकद्धय सत्यराज जोशी र रामचन्द्र जोशी रहेका थिए । अत्तरिया जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी गणेश शाहको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिब जेसी प्रमोद अधिकारीले गरेका थिए । जेसिज सप्ताह अन्र्तगत भोली दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्वास्थ्य परामर्श सम्बन्धि कार्यक्रम रहेको जेसिज सप्ताह मुल समारोह समितिका संयोजक एबम् अत्तरिया जेसिजका कार्यकारणी उपाध्यक्ष जेसी हरि कडायतले जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…