• बिर्तामोड , २७ पुस : जयेन्द्रप्रसाई साहित्य सेवाकोषले वर्षेनी वितरण गर्दै आएको वर्षोत्कृष्ट २०७३ सालमा प्रकाशित कृति मध्येबाट उमा सुवेदीद्वारा लिखित इति नामक उपन्यासलाई पुरस्कृत गरिने निर्णय गरेको छ । यसैगरी विष्णु चन्द्र पद्मा दिर्घ साहित्य सेवा सम्मानबाट यो वर्ष विराटनगरका सोमराज अभयलाई सम्मान गरिने निर्णय गरिएको छ ।

    कोषका उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा गठित कृति छनौट तथा दिर्घसाहित्य सेवा सम्मानका लागि व्यक्ति छनौट समितिले छनौट गरेका कृति र दिर्घसाहित्य सम्मानका लागि प्रस्तावित नाम कोषद्वारा गठित कृति छनौट समितिले गरेको प्रस्तावलाई कोषको बैठकले पारित गरेको हो ।

    त्यस्तै धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट यो वष सनराईज एफएमकी समाचार प्रमुख शुष्मा राजवंशीलाई प्रदान गरिने निर्णय गरेको छ । पत्रकारिता पुरस्कार छनौटका लागि लोकराज ढकालको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले प्रस्ताव गरेको राजवंशीको नाम सर्वसम्मत अनुमोदन गरेको कोषका महासचिव छविलाल खतिवडाले जानकारी दिए।

    विर्तामोडस्थित जयेन्द्रप्रसाद साहित्य सेवाकोषको आफ्नै कार्यालयमा कोषका अध्यक्ष गोपिकृष्ण प्रसाईको अध्यक्षतामा बसेको बैठकले यसैवर्षदेखि लागु हुने गरी तीनवटै पुरस्कारको राशी बढाउने निर्णय समेत गरेको छ । यसअघि १५ हजार रुपैयाँ रहेको वर्षोत्कृष्ठ कृति पुरस्कार र दिर्घसाहित्य सम्मानको राशी २१ हजार पु¥याएको छ । त्यसैगरी यसअघि ११ हजार रुपैयाँ प्रदान गरिंदै आएको पत्रकारिता पुरस्कारको राशी बृद्धि गरी १५ हजार पु¥याइएको कोषका अध्यक्ष प्रसाईले जानकारी दिए।

    कोषले आगामी माघ २० गते एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै कोषले यसअघि प्रदान गर्दै आएको दिर्घ साहित्य सेवा सम्मानको दायरा फराकिलो बनाउँदै आगामी वर्षदेखि अन्य क्षेत्रमा पनि योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्ने सकिने निर्णय गरेको छ ।

    बैठकले २०७४ मा प्रकाशित कृति छनौट तथा तीनवटै विधाका पुरस्कार प्रदान गर्नेका लागि उपाध्यक्ष भट्टराईको संयोजकत्वमा समिति गठन गरेको सचिव राजेन्द्र प्रसाईले जानकारी दिए । साहित्य क्षेत्रको उन्नयनका लागि २०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले वर्षेनी पत्रकारिता साहित्यका अनेक विधामा पुरस्कार वितरण गर्दै आएको छ भने वर्षेनी छन्द कविता गोष्ठी गर्दै आएको बताइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…