• अर्जुन जम्नेली राई

    मोरङ । दाउरा काट्न वन गएकी मोरङको पथरीशनिश्चरे नगरपालिका-१ स्थित शान्ती सामुदायिक वन क्षेत्रमा आज बन्दुकको गोलि लागेर महिला घाइते भएकी छन ।

    घाइते हुनेमा पथरीशनिश्चरे नगर १ को ५० बर्षिय तिलकुमारी गिरी हुन । आज बिहान दाउरा काट्न वन गएकी गिरीलाई भरुवा बन्दुकको छररा गोलि लागेको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख लक्ष्मिराज अधिकारीले बताए । गिरीको स्तन र पेटमा गोलि लागेर प्वाल भएको छ ।

    घाईते गिरीको पथरी अस्पतालमा प्राथमिक उपचारपछि बिराटनगर स्थित नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बिहान करिव साढे ६ बजे दाउरा काट्न जंगल गएकी गिरीलाई गोलि लागेको हो ।

    जंगली जनावर चोरी सिकार गर्नेहरुले हानेको गोलि गिरीलाई लागेको हुनसक्ने प्रहरीको अनुमान छ । घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    घट्ना स्थल पूर्व पच्चिम मुख्य सडकदेखी ४ र इलाका प्रहरी कार्यालय पथरीदेखी करिव ३ किलो मिटरको दुरिमा पर्छ । घट्ना स्थल शान्ति सामुदायिक वन उपभोक्ता समितिको क्षेत्र पर्दछ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …