• काठमान्डौ मंसिर २५,
    प्राइम टाइम्स टेलिभिजनमा समाचार बाचिकाको रुपमा कार्यरत शशि नेपालले गितकार अविरल विसी र संगितकार खेम सेन्चुरीसँगको सहकार्यमा राष्ट्रियता झल्किने लोक दोहारी गित तयार पारेकी हुन् ।
    माया, प्रेम, विछोड, सामाजिक परिवेश आदिलाई समावेश गरेर तयार पारिने गरेको सन्दर्भमा आफुले पछिल्लो समय देश र जनतालाई परेको मर्का समावेश गरेको नेपालको भनाई रहेको छ ।
    टेलिभिजनकर्मी शशि बाहेक अन्य कलाकारहरुको समेत आवाज समेटिएको सो गितमा नेपालको सिमा मिचिएको विषय, एनसेललाई कर छुट दिइएको विषय, निर्मला पन्त प्रकरण, वाइडबडी काण्ड, वालुवाटारको जग्गा काण्ड, नेताहरुको गैरजिम्मेवारीपन र विलासी जीवनमाथि कटाक्ष गर्दै सशक्त ढंगले उठान गरिएको छ ।
    भ्रष्टाचार, कुशासन र दण्डहिनताको अन्त्य गर्नका लागि प्रेरणा मिलोस् भन्ने उद्धेश्यले गित तयार पारिएको प्रस्तुतकर्ता नेपालले बताइन् ।
    गितको भिडियोसहित सार्वजनिक भएपछि नेपालले भनिन्, “यस्ता सन्देश दिने गितहरु विगतमा पनि नबनेका होइनन्न कतिपय गितलाई त विवादमा पनि ल्याइयो । तर विवादमा ल्याउनुभन्दा पनि मनन गर्नतर्फ ध्यान जाओस भन्ने मेरो चाहना हो ।”
    उक्त गित व्यवसायिक प्रयोजनका लागि नभै सन्देश र चेतना फैलाउनका लागि तयार पारिएको नेपालले बताइन् ।
    विसीले लेखेका शब्द यथार्थपरक र देशका लागि थोरै भए पनि योगदान दिने खालका भएकाले गितमा लगानी गर्न आफु तयार भएको नेपालको भनाई छ ।



    धेरै राम्रा राम्रा लोक दोहोरी गितमा लय र संगित दिइसकेका खेम सेन्चुरीले यस गितलाई पनि निकै कलात्मक ढंगले तयार पारेकाले आफु सन्तुष्ट रहेको नेपाल बताउँछिन् ।
    यसअघि राष्टिय भावना समावेश गरिएको गितमा मोडलिङ गरिसकेकी नेपालले यसपट आफुसहित अन्य कलाकारको स्वर समावेश गरेर दबाबमुलक गित ल्याएकी हुन् । यसअघि उनले ‘देशको माया’ बोलेको गितमा मोडलिङ गरेकी थिइन् ।
    शशी नेपालको साथमा गितकार अविरल विसीसँगै सम्झना भण्डारी, मेक्सम खाती, नरेश खाती, भागिरथ चलाउने, विक्रम परियार, विजय सुनाम र जानकी तारामी मगरको स्वर रहेको छ ।
    साथमा सिमा सारु र सरु आले मगरले पनि स्वरमा साथ दिएका छन३ । भिडियोको निर्देशन विनोद भण्डारीले गरेका हुन् ।
    सेन्चुरीको लय र संगितमा सागर विरहीले एरेन्ज गरेका हुन् । माल श्री स्टुडियोमा रेकर्ड गरिएको गितको अडियो मिक्सिङ खड्क बाजुरालीले गरेका हुन् । विरेन्द भट्टको छायाङ्कनलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
    आफ्नो गितको टिममा आवद्ध सबैको मिहिनेतले एउटा राम्रो गित तयार भएकोमा खुशी व्यक्त गर्दै प्रस्तुतकर्ता नेपालले सबैलाई धन्यवाद दिएकी छिन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…