•  

    पुष्कर खड्का /रामेछाप - पहिलो पटक दोलखा जिल्लाका दलित समुदायका पत्रकारहरु राष्ट्रिय दलित पत्रकार संघ नेपालमा आबद्ध भएका छन् । दोलखा जिल्लामा रहेर बिभिन्न सञ्चारमाध्यममा कार्यरत उनीहरु सो संघमा आबद्ध भएका हुन । मङ्सिर २४ गते उनीहरुले बृहत भेला गरेर नौ सदस्यीय जिल्ला कार्यसमिति पनि सर्वसहमत चयन गरेका छन् ।
    कालिञ्चोक एफएममा कार्यरत सुदिप रसाइलीको अध्यक्षतामा समिति छनौट गरिएको छ । उपाध्यक्षमा एलिसा सेन्चुरी, सचिवमा उद्धव बिश्वकर्मा, सहसचिवमा इश्वर बिश्वकर्मा र कोषाध्यक्षमा रेखा दर्जी चयन भएका छन् । सदस्यहरुमा बाबुराम बिसी, प्रदीप सेन्चुरी, रमा धनुके, बिद्या परियार सर्वसहमत चयन भएका छन् । यसअघि उनीहरु कुनै पनि दलित समुदायका पत्रकार हकहितका संस्थामा आबद्ध भएका थिएनन् ।प्रदेश ३ समितिका अध्यक्ष चित्र मिजार, प्रदेश ३ कै सदस्य निर्मला परियार र गम्भीर बिश्वकर्माको सहजीकरणमा सो समिति गठन गरिएको थियो । नवनिर्वाचित अध्यक्ष सुदिपले राष्ट्रिय दलित पत्रकार संघ नेपालमा आबद्ध भएर दलित समुदायले भोग्दै आएको समस्याको बारे समाधानमा कलम चलाउने जानकारी दिए । सो कार्याक्रममा नेपाल पत्रकार महासघं दोलखा शाखाका अध्यक्ष जीवन लामाले दलित समुदायको पत्रकारलाई महासंघले उत्साह र हौसल्ला दिने प्रतिबद्धता ब्यक्त गरे । प्रमुख अतिथि समेत रहेका लामाले दोलखाका दलित समुदायका पत्रकारलाई सञ्चारमाध्यममा टिकाउन र बिकाउनको उपाय खोजिने बताए ।सो कार्यक्रममा मेलुङ गाँउपालिका ३ का वडा अध्यक्ष तथा सो गाँउपालिकाका प्रवत्ता हिरा कुमार तामाङले दलित समुदायका पत्रकारको क्षमताबृद्धिको लागि प्रस्ताव लिएर आउन पत्रकारहरलाई आग्रह गरे । सो भेलामा बिभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना दिएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…