• बाहुण्डाँगी । सारदानगर जेसीजको वर्ष २०२० का लागि शाखा अध्यक्षमा प्रमिशा काफ्ले सर्वसम्वत निर्वाचित हुनु भएको छ । हालै सम्पन्न शाखाको वार्षिक साधारणसभाबाट वर्ष २०१९ की महासचिव काफ्लेलाई अध्यक्षमा निर्वाचित गरिएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा इन्द्रलाल श्रेष्ठ, मनिला गुरुङ, उपाध्यक्षहरुमा लक्ष्मीप्रसाद सापकोटा, सुदिप काफ्ले, सन्देश पौडेल, सुवर्ण खरेल निर्वाचित भएका छन् । शाखाको महासचिवमा डेलिना गहौ, कोषाध्यक्षमा राजकुमारी गुरुङलाई मनोनित गरिएकोृ छ भने कानुनी सल्लाहकार मनोनित गर्न बाँकी रहेको छ ।
    यसैगरी नारायाणगढ लेडी जेसीजको अध्यक्षमा सकिला परियार सर्वसम्वत निपर्वाचित हुनु भएको छ । शाखाको २३ औँ वार्षिक साधारणसभाबाट परियारलाई अध्यक्षमा निर्वाचित गरिएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा हिमा श्रेष्ठ, नितु गुरुङ र मुना गुरुङ, उपाध्यक्षहरुमा गौरी गुरुङ, आशा श्रेष्ठ, एलिना श्रेष्ठ सर्वसम्वत निर्वाचित हुनु भएको शाखाकी वर्ष २०१८ की अध्यक्ष निरु कार्कीले बताउनु भयो । यसैगरी महासचिवमा सुस्मिता श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी खड्का, कानुनी सल्लाहकारमा विद्या श्रेष्ठ, निर्देशकमा आकृति बराल, अनुराधा पन्त, रीता गौतम र सहसचिवमा अञ्जली बरुवाललाई मनोनित गरिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…