• माझाघरे सीताराम


    नुबाकोट  । नुवाकोट जिल्ला साबिक तारुका गा.वि.स. मा नेपालकै पहिलो र एक मात्र गोरु जुधाई प्रतियोगिता हुने गरेको छ । करिव १५० बर्ष पहिलेको ऐतिहासिक गोरु जुदाई प्रतियोगिता नेपालकै पहिलो र एक मात्र प्रतियोगिताको रुपमा प्रख्यात छ । ऐतिहासिक रुपमा यो मेला मनाउँदै आएता पनि केहि बर्ष एता यस मेला समिति बनाई व्यवस्थित रुपमा मनाउँदै आएको पाईन्छ । माघे सक्रान्तिका दिन अर्थात माघ १ गतेका दिन यो मेला लाग्ने गरेको छ । जहाँ यस दिन हजारौ दर्शकको भिड लाग्ने गरेको छ । तारुकाका बासिन्दा माघ १ गतेका दिनलाई दशैँ तिहार जस्तै महान पर्ब जसरी नै मनाउने गरेका पाईन्छ । त्यस दिन देश बिदेश मा रहेका दाजु भाई तथा दिदी बहिनीहरु आ–आफ्नो घर फर्खि आफन्त जनसगँ भेटघाट गर्ने तथा गोरु जुदाईका मनोरम मेला हेरेर मनाउने प्रचलन रहेको छ ।


    माघे संक्रान्तिसँगै मनाउने पर्व धेरै छन् । पर्व एउटै भएपनि मनाउने विधि र पम्परा फरक–फरक छ । माघे संक्रान्ति पर्वको आफ्नै मौलिक महत्व रहेको छ । माघे संक्रान्ति विभिन्न समुदायले आफ्नो ठूलो पर्वको रुपमा मनाउने गर्छन । पछिल्ला केही बर्षमा भने संस्कृति नै बनेको छ नुवाकोट तारुकाको गोरुजुधाई जात्रा । नुवाकोट, धादिङ, रसुवा र राजधानी काठमाडौँलाई समेत माघेसंक्रान्ति पर्व भन्ने वित्तिकै तारुकाको यो गोरुको घमासान घम्साघम्सीको मनोरञ्जन लिने कुराले परिचित गराइसकेको छ । अघिल्ला वर्षका यी तस्बिरमा गोरु जुधाइको घम्साघम्सी हेर्ने जम्मा भएको दर्शक र जात्राको रौनक देख्न सकिन्छ। चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्व नुवाकोटको तारुकामा गोरु जुधाई मेलालाई भव्य रुपमा मनाउने गरिन्छ । गोरु जुधाइनै तारुकावासीको पहिचान र नेपालीहरुकै सुन्दर संस्कृतिको रुपमा स्थापित भएको छ । यो गोरु जुधाई भिन्न, नौलो र रोचक छ । नेपालकै एकमात्र मौलिक प्रतियोगिता र परम्परा मानिने यो गोरु जात्रा फरक नमुनाको रुपमा लिने गरिन्छ । गोरु जात्राले नुवाकोटको आन्तरिक एवं वाह्य पर्यटनमा बृद्धि भएको छ । गाउँका अजंगका (ठूला र बलिया) साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाईने यो प्रतियोगितालाई तारुकामा पर्ने चन्दनी कटरबोटमा विगत एक सय ५० वर्षभन्दा लामो समयदेखि स्थानीयहरुले निरन्तर मनाउदै आएका छन् । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह हालको गोरुजात्रा हुने स्थान अर्थात तारुका–५ चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलो पटक सुरु गरेका थिए । उक्त दिन माघेसङ्क्रान्ति भएको र त्यसै समयदेखि गोरु जुधाउने परम्पराको थालनी भएको स्थानिय बयोबृद्धहरुको भनाई छ ।जसलाई अहिलेसम्मका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् ।


    यो जात्रा अहिले देशकै लागि समेत मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको छ। आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको यहाँको साँढे जुधाईले स्पेनको ‘बुलफाइट’ बिर्साउँछ । यो जात्रा परम्पारगत रुपमा मनाइने निकै रोचक जात्रा हो । नेपालमा गोरुजात्रा हुने एकमात्र थलो तारुका । जो कमैलाई मात्र थाहा छ, यहाँको सदियौँ पुरानो ऐतिहासिक चिनारी बोकेको गोरु जुधाईको परम्परा । तैपनि राजधानी काठमाडौंसँगै जोडिएको नुवाकोटको तारुकाका लागि भने यो मौलिक परम्परा बनिसकेको छ । आफन्त तथा साथीहरुसँग मेलमिलाप गर्ने र भेटघाको अवसरको रुपमासमेत नुवाकोट र धादिङवासीले यस पर्वलाई महत्वका साथ लिने गरेको पाइन्छ । गोरुको घम्साघम्सीमा काले, तारे, फुर्के, बर्ने, सिँगारे, जोवाने जस्ता अनेकौं नाम गरेका साँढेहरु मैदानमा उत्रिन्छन् । तारुकाको गोरुजात्रा मेला नुवाकोटको मात्र नभई नेपालकै मौलिक साँस्कृतिक परम्पराको सम्पति भएको छ ।

    आाफुले गुन्द्रुक खाएर गोरुलाई मास, भटमास, अण्डा, कोदोको खोले, मकै आदी पोसिला खाद्यान्न र अन्य प्रोटिनयुक्त आहार खुवाएर पाल्छन् । जुरो ढल्किएको चिल्लो साँढे घरमा पालेर यस पटक जुधाउने तयारी गरिरहेको छ । गोरु जुदाई मेलालाई प्रचार प्रशार गरि आन्तरीक एवम् बाह्य पर्यटकलाई यथोचित सम्प्रेषण गर्न सकियो भने पर्यटन प्रर्वद्धन सिघ्र रुपमा हुने सम्भावना रहेको छ । तारुकाको बुलफाइट हेर्न जानको लागि काठमाडौंबाट दुईवटा रुट प्रयोग गर्न सकिन्छ । पहिलो काठमाडौंको कलंकी हुँदै धादिङको गल्छी भएर जान सकिन्छ । दोस्रो रुट भनेको बालाजुबाट ककनी हुँदै विदुर नगरपालिकाको देविघाटबाट पनि पुग्न सकिन्छ । तर, पहिलो रुट गल्छी हुँदै जान तारुका पुग्न सजिलो र छिटो हुनसक्छ । काठमाडौंबाट गल्छी हुँदै त्यहाँबाट अर्को बाटो तय गर्नुपर्ने हुन्छ । आफ्नो सवारी साधन नहुनेका लागि यहाँबाट बस तथा माइक्रोबसहरु लाग्छन् । राजधानीबाट ५७ किलोमिटर दूरिमा पर्ने तारुकावेंशीमा पुगेपछि त्रिशूली नदीको झोलुङ्गे पुल तर्नुपर्ने भएकोले आफ्नो सवारी भएकालाई भने मोटरसाइकलमा मेलास्थलसम्म नै जान सकिन्छ ।









सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…