बाहुण्डाँगी । सुर्खेत जिल्लामै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको सुर्खेत महिला जेसीजको २०२० का लागि नयाँ कार्य समिति चयन भएको छ । हालै सम्पन्न शाखाको वार्षिक साधारणसभाबाट २०२० का लागि प्रमि शाक्यलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरिएको छ । शाखाको कार्यकारीणी उपाध्यक्षमा लक्ष्मी गुरुङ, पवित्रा गुरुङ उपाध्यक्षहरुमा रञ्जना बुढा, मिना गुरुङ, सीता भण्डारी र गंगा रोकाय सर्वसम्वत निर्वाचित भएका निर्वाचन आयाुक्त एवम शाखाकी निवर्तमान अध्यक्ष कृति गुभाजु शाक्यले बताउनु भयो । बाँकी रहेका पदाधिकारीहरु भने पद हस्तान्तरण समारोहमा नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने शाखाकी अध्यक्ष सिया प्रधान कार्कीले बताउनु भयो ।