• बाहुण्डाँगी । रामेछाप जेसीज २०२० को लागि शाखा अध्यक्षमा गोपाल खड्का निर्वाचित हुनुभएको छ ।

    जेसिज रामेछापको शनिबार मन्थलीमा पाचौं साधारण सभा तथा जिल्ला अधिबेशन सम्पन्न भएको हो । अधिबेशनबाट गोपाल खड्काको अध्यक्षतामा नयाकार्यसमिति चयन भएको छ ।

    नया कार्यसमितिको कार्यकारी उपाध्यक्षमा जीवन कार्की र रामहरि सापकोटा निर्वाचित हुनुभएको छ ।
    त्यसैगरि उपाध्यक्षमा ज्ञानु श्रेष्ठ , कल्याण खड्का,यादव केसि र विमल पौडेल निर्वाचित भएका छन् । महासचिवमा सरस्वती राय, कोषाध्यक्षमा सन्तोष खत्री र सहसचिवमा प्रज्वल बुढाथोकी चयन भएकाछन् ।कानुनी सल्लाहकारमा राम कुमार बस्नेत छनौट हुनुभएको छ । अधिबेशन जेसिज रामेछापका निवर्तमान अध्यक्ष एवम २०१९ का अध्यक्ष राजकुमार केसिको अध्यक्षमा भएको थियो । २०१९ लाई सफल नेतृत्व दिनु भएका २०१९ का अध्यक्ष राजकुमार केसी २०२० का लागि राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवार समेत हुनुहुन्छ । केसी यस क्षेत्रका बौद्धिक तथा स्पष्ट वक्ताका रुपमा परिचित व्यक्ति हुन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…