• बाहुण्डाँगी । नेपाल जेसीजको २०२० का लागि विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारहरुका लागि यहि पुष ६ गतेबाट उम्मेदवार प्रशिक्षण तालिम हुने भएको छ ।
    रत्ननगर जेसीजको आतिथ्यतामा रत्ननगरमा हुने ४६ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन हुनेछ । जसका लागि देशभरबाट २ महिना अघि नै नेपाल जेसीजमा उम्मेदवारी दर्ता गराइसकेका छन् । तिनै दर्ता गराइएका उम्मेदवारहरुका लागि ३ दिने तालिम चितवनको खैरहनी नगरपालिकामा रहेको डिस्ने पार्क रिसोर्टमा उम्मेदवार प्रशिक्षण तालिम हुने नेपाल जेसीजका २०१९ का महासचिव सिनेटर अभिषेक श्रेष्ठले बताउनु भयो ।
    तालिममा ४ अध्यक्षका उम्मेदवार, १२ जना कार्यकारीणी पदका उम्मेदवार र २३ जना उपाध्यक्षका उम्मेदवारहरु सहभागिता जनाउनेछन् ।
    अध्यक्षका लागि दर्ता गराएका उम्मेदवारहरुमा पथरी जेसीजका संस्थापक अध्यक्ष अशोक शंकर, बिसहजार जेसीजका पूर्व अध्यक्ष अरुणेश्वर खनाल, काभ्रे जेसीजका पूर्व अध्यक्ष विकास मानन्धर र तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष विनोद सु्वेदी रहनु भएको छ । कार्यकारीणी उपाध्यक्षका लागि त्रिभूवननगर जेसीजका पूर्व निवर्तमान अध्यक्ष लालमणी भण्डारी, भकुण्डेबेसी जेसीजकी निवर्तमान अध्यक्ष रुकमणी सिग्देल, बालाजु जेसीजका संस्थापक अध्यक्ष श्रीराम पौडेल, बुधवारे जेसीजका पूर्व अध्यक्ष अतुल प्रसाई, बुटवल जेसीजका पूर्व अध्यक्ष राजेन्द्र घिमिरे, देवदह जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङ, हेटौडा जेसीजका पूर्व अध्यक्ष अरुणकुमार दाहाल, हेटौडा लेडी जेसीजकी पूर्व अध्यक्ष शोभा खरेल, नवलपुर जेसीजका पूर्व अध्यक्ष कृष्णप्रसाद अर्याल (केपी), गैडाकोट जेसीजका निवर्तमान अध्यक्ष गोकुल सापकोटा, पाटन लेडीकी पूर्व अध्यक्ष सुम्रिता शर्मा र नारायणगढ जेसीजका निवर्तमान अध्यक्ष अर्जुन अधिकारी रहनु भएको छ ।
    यसैगरी, १२ जना उपाध्यक्ष पदका लागि २३ जनाको उम्मेदवारी परेको छ । जस अन्तर्गत सैनामैना जेसीजबाट बिमल जनवाल, झुम्का जेसीजबाट पुष्प कार्की, धनकुटा सिटी जेसीजबाट सुरेश कार्की, लेटाङ जेसीजबाट मनिष सूर्य मगर, गितानगर जेसीजबाट कृष्ण सापकोटा, दुहवी जेसीजबाट कञ्चन झा, बालकोट जेसीजबाट रमा प्याकुरेल, लम्की जेसीजबाट रामबहादुर बोगटी, मलङ्वा जेसीजबाट अनवर हुसेन, टिकापुर जेसीजबाट गणेश साउद, बौनिया जेसीजबाट धिरज शाही, सिदार्थ जेसीजबाट राकेश गुरुङ, उदयपुर जेसीजबाट सन्तोष गुप्ता, हेटौडा जेसीजबाट सन्देश डिसी, सौराह जेसीजबाट शिवप्रसाद भुषाल, रामेछाप जेसीजबाट राजकुमार खत्री, लाल्दुमनगरकोट जेसीजबाट मञ्जु शाह ठकुरी, विरता जेसीजबाट बिशाल थापा, रत्ननगर जेसीजबाट विश्वास श्रेष्ठ, भलबारी जेसीजबाट गोबिन्द पंगेनी, शुक्लागण्डकी जेसीजबाट मनिष श्रेष्ठ, शारदानगर जेसीजबाट सन्तोष घिमिरे र टङ्कीसिनवारी जेसीजबाट प्रदिप प्रसाद बरालको उम्मेदवारी परेको छ ।
    महाधिवेशनमा हुने निर्वाचन प्रक्रियामा जानका लागि अनिवार्य रुपमा उम्मेदवारहरुले प्रशिक्षणमा सहभागिता जनाउनु पर्ने छ । यदि प्रशिक्षणमा सहभागि नभएमा स्वत उम्मेदवारी रद्ध हुने जेसीज सचिवाललय जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…