• काठमाडौँ । रुपन्देहीको मोतीपुरमा सवारीसाधन उत्पादन गर्ने उद्योग स्थापना गर्न कोरियाली लगानीकर्ता र लगानी बोर्ड नेपालबीच परियोजना लगानीसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।
    चारपाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने लक्ष्यसहित कोरियाको मोर्टरेक्स कम्पनी र बोर्डबीच विभिन्न चरणका वार्ता तथा छलफलपछि एक तहको सम्झौता भएको बोर्डले जनाएको छ ।

    १० अर्ब ५४ करोड ९१० करोड ५० लाख अमेरिकी डलर० लागत अनुमान गरिएको सो परियोजनाका लागि लगानी बोर्डले लगानी स्वीकृति दिइसकेको छ ।
    बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार यसले सवारी उद्योगमा विदेशी लगानी आकर्षित गर्ने विषयमा पहिलो तहको समझदारी जुटेको हो । यो सम्झौतापछि नेपाल र कोरियाका लगानी बोर्डले उद्योग स्थापनाका लागि निर्णय गर्नुपर्ने हुन्छ । दुवै देशका लगानी बोर्डको स्वीकृतिपछि नेपालमा कम्पनी तथा उद्योग दर्ताको प्रक्रिया सुरु हुने छ । उद्योगमा शतप्रतिशत प्रत्यक्ष वैदेशिक लगानी हुने छ । गोरखापत्रबाट ।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …