• डोल्पा : माथिल्लो डोल्पामा हिमपात भएको छ । बुधबार राती परेको हिमपातले माथिल्लो डोल्पाको जनजीवन कष्टकर बनेको छ । मंसिरमै हिउँ परेपछि माथिल्लो डोल्पामा तपाक्रम माइनस १२ भन्दा बढी पुगेकाले चिसो अत्याधिक बढेको स्थानीय छिरिङफुर्वा लामाले जानकारी दिए । 'चिसोले घरबाहिर जान समेत सकेका छैनौं, पानी समेत जमेको छ,' लामाले भने ।

    माथिल्लो डोल्पाको पूरै भू-भाग हिउँले सेताम्मे भएको छ । चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठयारोमा परेको कुङ्गातावा लामाले बताए।

    यस्तै छिमेकी जिल्ला हुम्लामा पनि बिहानैबाट हिमपात भएको छ। हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको छ भने हवाई उडानमा समेत समस्या परेको छ।

    हिउँ परेसँगै डोल्पाको सदरमुकाम दुनैमा समेत तापक्रम घटेको छ।आज दुनैको तापक्रम माइनस २ भन्दा कम छ । तल्लो डोल्पाका उच्च भू-भगमा समेत हिउँ परेको छ । मौसम परिवर्तनसँगै भारि हिमपात हुनसक्ने भएकाले चिसोबाट जोगिन वृद्धवद्धा र बालबालिकालाई झोलिलो खानेकुरा खानुका साथै चिसोबाट जोगिन घरमै बस्न चिकित्सकले आग्रह गरेका छन्।

    हिमपातले चिसो बढेसँगै माथिल्लो डोल्पाका स्थानीय तल्लो डोल्पाका रिमी,काईगाउँ,पाहाडा, दुनैलागायतका गाउँमा झर्न थालेका छन् । मंसिरमा चिसो छल्न तल्लो डोल्पा आउने गरेका भोटवासी बैशाखमा मात्रै जाने गर्दछन्। हुम्लामा परेको हिमपात। तस्बिर : रासस

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …