• काठमडौँ । युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्दमशीलताको विकासमा क्रियाशील नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा श्रीराम पौडेलले उम्मेदवारी दिएका छन् ।
    हरेक वर्ष हुने जेसिजको राष्ट्रिय महाधिवेशन यसपाली पुस ९ देखि १२ सम्म चितवनको रत्ननगरमा आयोजना हुँदैछ ।
    कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएका पौडेल नेपाल जेसिजमा लामो समय देखि सक्रिय छन् । पौडेल सन् २०१८ का राष्ट्रिय महासचिव हुन् । उनी नेपाल जेसिजको बालाजु शाखाका संस्थापक अध्यक्ष समेत हुन् । उनको नेतृत्वमा जेसिजको बालाजु शाखाले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याएको थियो । सन् २०१७ मा उनलाई जेसिजले मुख्य तालिम आयुक्तको जिम्मेवारी दिएको थियो । त्यतिबेला जेसिजको तालिमलाई प्राज्ञिक तुल्याउन पौडेल लगायतले अतिरिक्त मेहनत गरेका थिए ।
    ब्यवसायिक रुपमा चाहिं पौडेल विगत दुई दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय छन् । समन्वयात्मक नेतृत्व र व्यापक जनसम्पर्क पौडेलका विशेषता हुन् । स्पष्ट वक्ता र सरल स्वभावका पौडेलले २०१८ मा महासचिवको कार्यकालमा गरेका काम अहिले पनि आम जेसीज मनहरुले प्रशंसा गर्ने गरेका छन् ।
    पौडेलले भने, “सामूहिक नेतृत्वको भावना विकास गर्दै १८ देखि ४० वर्षका युवाको व्यक्तित्व, नेतृत्व,व्यवसायिक विकास,मानवताको सेवा, विश्व बन्धुत्वको भावना र विधिको शासन कायम गराउन जेसिज समर्पित छ । युवाहरुलाई समाज प्रतिको दायित्वबोध,आर्थिक अनुशासन र समयबोध प्रति अभिप्रेरीत गर्न मैले उम्मेदवारी दिएको हुँ ।”उनी भन्छन,“जेसिजलाई देशकै एक नम्बर मानवतावादी संस्था बनाउन मेरो सम्पूर्ण योग्यता समर्पित हुनेछ । म निर्वा्चित भएमा अन्तर्रा्ष्ट्रिय संस्थाहरुसँग समन्वय गर्दै जेसिजको पृथक पहिचानलाई नयाँ उचाई दिनेछु ।”

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…