• एजेन्सी । जाडोसँग जुध्नका लागि हिटरलाई साथी बनाउने प्रचलन बढ्दै गएको छ । चिसिदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृतिम काइदा हो यो । खासगरी बुढाबुढी, रोगी, सुत्केरीका लागि यस किसिमको व्यवस्था गर्नुपर्ने हुन्छ ।

    यसले मानिसलाई चिसोबाट राहत त दिलाउँछ । तर, यसले स्वास्थ्य र स्किनमा पनि क्षति पुर्‍याईरहेको हुन्छ । त्यसैले, तपाई हिटर वा ब्लोअरको प्रयोग गर्दै हुनुहुन्छ भने पहिला आफ्नो परिवारको सुरक्षालाई सुनिश्चित गर्नुहोस् । यसको गलत प्रयोगले ज्यानै जान सक्ने भएकाले निकै सावधानी पुर्‍याउँन जरुरी हुन्छ –

    निम्त्याउँछ यस्ता समस्या

    – कहिल्यै पनि बन्द कोठामा हिटर अन गरेर ननिस्कनुहोस् । किनकी यसबाट वाहिरिने कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ ।

    – हिटर जलाएर पनि कहिल्यै निदाउनु हुँदैन । यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ ।

    – मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नु हुँदैन । यदि प्रयोग गर्ने हो भने कोठामा ताता पानी राख्न सक्नुहुन्छ । ताकी ब्लोअरको कारण हावा सुख्खा नहोस् ।

    – छालाको लागि पनि हिटर राम्रो मानिदैन । लामो समयसम्म हिटरमा बस्दा छाला सुख्खा भएर जाने गर्छ । त्यति मात्र नभएर रातो दाग बस्ने, चिलाउनेजस्ता समस्या पनि हुन्छ । हिटरले आँखालाई पनि सुख्खा बनाउन सक्छ । जसको कारण आखा पोल्ने जस्ता समस्या पनि निम्तने गर्छ ।

    यदि हिटर या ब्लोअरमा बस्ने बाध्यता छ भने मनतातो पानी पिइराख्नुपर्छ । त्यसको साथमा चिया, कफि, सुपजस्ता पेयपदार्थको पनि प्रयोग गर्नुस् । र, छालामा मोइस्चराइजरको प्रयोग गरिरहनुहोस् ।

    हिटरको प्रयोग गर्दा

    – हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।
    – हिटरलाई त्यस्तो ठाउँमा पनि राख्नुहुँदैन । जुन बाटोबाट बढी ओहोर दोहोर गरिरहनुपर्छ । अझ ध्यान पुर्‍याउनुपर्ने विषय भने हिटरलाई बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । यसलाई कडा सतहको किनारमा राख्नुपर्छ ।
    – समय-समयमा चलिरहेको हिटरलाईर्र् बन्द गरिरहनुपर्छ । र, हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ । हिटर नजिक बस्नुभएको छैन भने बन्द गर्दा बेस हुन्छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…