• संगिनी तीनमहिने सुई परिवार नियोजनको अस्थायी साधन हो । हरेक तीन महिनामा लगाइने भएर यसको नाम तीनमहिने सुई रहन गएको हो ।

    एकपटक लगाएपछि तीन महिनासम्म ढुक्क हुने भएकाले यसलाई भरपर्दो अस्थायी गर्भनिरोधकको साधन मानिन्छ

    प्रयोग

    महिलामा दुई किसिमका यौन हर्मोन हुन्छन्– एस्ट्रोजोन र प्रोजेस्टेरोन । महिनावारी भएको दोस्रो दुई हप्तामा बढी हुने प्रोजेस्टेरोन नामक हर्मोनलाई संगिनी सुईले रोकेर राख्छ । यसले पाठेघरको भित्री तहलाई पातलो बनाइदिने भएकाले गर्भ रहँदैन ।
    संगिनी सुईले डिम्बासयलाई समेत रोकेर राख्ने भएकाले गर्भ रहने सम्भावना रहँदैन ।
    पाठेघरको मुखबाट निस्कने पानीलाई संगिनी सुईले बाक्लो बनाइदिन्छ, फलस्वरूप शुक्रकीट भित्र छिर्न पाउँदैन ।
    गर्भनिरोधक अन्य औषधि खाइरहनुपर्ने हुन्छ । नियमित खान बिर्सने कारणले मात्रा छुट्न सक्छ । संगिनी सुई एकचोटि लगाएर तीन महिनासम्म ढुक्क हुन सकिन्छ ।

     

    फाइदा

    संगिनी सुईको प्रयोगले गर्भनिरोधबारेको गोपनीयता कायम राख्न मद्दत पुर्‍याउँछ ।
    संगिनी सुई एकचोटि लगाएर तीन महिनासम्म ढुक्क हुन सकिन्छ ।
    यसको प्रयोगले कहिलेकाहीँ महिनावारी बन्द हुन सक्छ । यसरी बन्द हुँदा रगत खेर नजाने भएकाले महिलालाई फाइदा पुग्छ ।
    संगिनी सुईको म्याद सकिएको एक हप्ताभन्दा बढी समयसम्म काम गर्छ ।

    बेफाइदा

    संगिनी सुईका कारण अनियमित रक्तस्राव हुन सक्छ । यस्तो हुँदा रक्तअल्पतासमेत हुन सक्ने सम्भावना रहन्छ ।
    यो सुई लगाउँदैमा पूर्णतः ढुक्क हुन सकिँदैन । कहिलेकाहीँ गर्भ रहने सम्भावनासमेत रहन्छ । बीचैमा महिनावारी रोकिएमा जाँच गराइहाल्नुपर्छ ।
    सुईमा राखिएको हर्मोनले कतिपय अवस्थामा काम नगर्ने भएकाले गर्भ रहन सक्छ ।
    लगातार संगिनी सुई लगाउँदा मोटाउने सम्भावना रहन्छ । सुई लगाएको शुरू–शुरूमा हल्का रगत देखापर्ने समस्या हुन सक्छ ।
    संगिनी सुईले गर्भ रोके पनि यौनरोग सर्नबाट भने बचाउन सक्दैन । नयाँ पत्रिकामा खबर छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…