• बाहुण्डाँगी । चन्द्रनिगाहपुर सिटी जेसीजले बुधवार देखी सुरु गरेको जेसीस सप्ताह अन्तर्गत बिहिबार चन्द्रपुर ८ स्थित धुर्मुस सुन्तली फाउन्डेसनले निमार्ण गरेको नमुनाबस्तिमा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।मुसहर बस्तीमा रहेका ४७ घरधुरीका मुसहर समुदायका बालबालिका,बृद्धबृद्धाहरुलाई लक्षित गरेर शिविरको आयोजना गरिएको हो ।
    शिविरमा एकसय २ जनाले स्वास्थ्य जाच गराएको चन्द्रनिगाहपुर सिटी जेसिजका महासचिव दिलिप कुमार सापकोटाले जानकारी दिए ।

    चन्द्रपुर अस्पताल प्रालिका डा।सुवास कुमार चौधरी र चन्द्रनिगाहपुर सरकारी अस्पतालका डा।अभिनन्दन श्रीवास्तबले स्वास्थ्य जांच गर्नु भएको थियो ।
    रुघा,खोकी,ज्वरो जस्ता बिरामी भेटीएको थिए । रक्तचाप र सुगरको जाच समेत गरीएको छ । दुबै अस्पतालका डाक्टरहरुले स्वास्थ्य जाच संगै निःशुल्क औषधी समेत बिरामीलाइ बितरण गरेका छन् ।

    जाडोयाम सुरु भएकाले चिसोबाट बालबालिका र बृद्धबृद्धालाई जोगिन डाक्टरहरुले सुझाव दिएका छन् । जेसिज सप्ताह अन्तर्गत २६ गते सन्तपुरमा रहेको नमुनाबस्तिमा स्वास्थ्य शिविर सम्पन्न गरेपछि २७ शुक्रबार चन्द्रनिगाहपुरमा जनता संग जेसिज कार्यक्रममा सामाजीक संस्थाका अगुवा तथा जनप्रतिनिधीहरुलाई सहभागी गराउने, २७ गते बृन्दाबन नपाको धमौराटोलमा रहेको डोमबस्तिका वालवालिकालाइ शैक्षिक सामाग्री बितरण र २८ गते समापन कार्यक्रम राखिएको चन्द्रनिगाहपुर सिटी जेसिजका अध्यक्ष निर्मल भन्डारीले जानकारी दिनु भएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…