• देबु बानियाँ
    बाहुण्डाँगी । आउँदो पुष ९ गतेदेखि हुने नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेशनका लागि १४ सय भन्दा बढीको प्रि रजिष्ट्रेशन भएको छ ।
    रत्ननगर जेसीजको आथित्यतामा हुने महाधिवेशनका लागि देशभरका १ सय भन्दा बढी शाखाबाट १४ सय भन्दा बढीले प्रि रजिष्ट्रेशन गरेका हुन् । मंसिर २४ गते मंगलवारसम्म आवाससहितको प्रि रजिष्ट्रेशन गर्ने समय अवधी रहेको थियो । २३ गते ४ बजेसम्ममा ५० वटा शाखाका ५ सय ५९ जनाले रजिष्ट्रेशन गरेका थिए । २४ गते एकै दिन ५० भन्दा बढी शाखाले रजिष्ट्रेशन गरेका महाधिवेशनका रजिष्ट्रेशन समितिका संयोजक तथा शाखाका निवर्तमान अध्यक्ष दिपेन्द्र शर्माले बताउनु भयो । २४ गतेसम्मलाई आवाससहित रजिष्ट्रेशनको समयअवधी रहेको थियो । अहिलेसम्म १३ सय ५० जतिको संख्या पुगिसकेको छ भने केही शाखाबाट पठाएको रकम बैंकबाट स्टेटमेन्ट निकाल्न समय लागेकाले र पैसा पठाउने व्यक्तिले शाखाको नामको ठाउँमा पठाउने व्यक्तिको नाम लेखेका कारणले केही ढिला भएको संयोजक शर्माले बताउनु भयो ।
    आतिथ्यता शाखाले प्रि रजिष्ट्रेशनमा १२ सयको अनुमान गरेको थियो । सोही अनुसार होटलको व्यवस्थापन गरेको थियो । तर त्यो संख्या बढेपछि होल्डमा राखिएका १५० वटा रुम पनि बुधवार बुक गरिएको आवास समितिका संयोजक विश्वास रायामाझीले बताउनु भयो । ‘हामीले १२ सयको अनुमानमा रुमको व्यवस्थापन गरेका थियौँ र केही रुम होल्डमा राखेका थियो । तर होल्डमा रहेका सबै रुम बुक गर्नु पर्ने अवस्था भएको छ । यो सहभागि शाखा र आतिथ्यता शाखा दुबैका लागि सहज हो ।’
    आतिथ्यता शाखाका अनुसार २ सय रुम टाँडी आसपासमा रहेका छन् भने बाँकी रुम सौराहमा रहेका छन् । जुन महाधिवेशन स्थलबाट ७ किलोमिटरको दुरुमा रहेको छ । पर्यटकीय हिसावले धेरैको रोजाइ सौराहको बसाइ नै रहेको छ । सोही अनुसार व्यवस्थापन गरिरहेको रायामाझीले बताउनु भयो । उहाँका अनुसार अबको एक साताभित्र सबै शाखामा होटलको नाम र कोठमा नम्बर म्यासेज गरिसक्ने बताउनु भयो ।
    प्रि रजिष्ट्रेशनमा सोच भन्दा बढी रजिष्ट्रेशन भएको र यहि हिसाबले महाधिवेशनमा करिब २५ सय बढी हुने महाधिवेशन महासचिव निरज श्रेष्ठले बताउनु भयो ।
    ‘४ दिनको बसाइ अत्यन्तै सहज र स्मरणीय बनाउने छौँ’ रायामाझीले भन्नु भयो हामीले सानो भन्दा सानो विषयलाई पनि कमी हुन नदिने गरी काम गरिरहेका छौँ । तपाईहरुको बसाईको क्रममा कुनै किसिमको समस्या आएमा हामी तुरुन्त त्यसका समाधान गर्नछौँ । हामीले बुुक गरेका सबै होटल एटेज, नेटको सुबिधासहितका छन् ।’
    साथै रायामाझीले यस अघिका महाधिवेशनमा आफैले भाग्नु भएको ३ जना बस्न सक्ने कोठामा ४ जना वा ५ जना बस्नु पर्ने बाध्यतालाई समेत हटाएको बताउनु भयो । ‘यो वर्ष एउटा रुपमा जति जनाको क्षमता हो त्यस भन्दा माथि एक जना पनि बस्न पर्देन’ उहाँले भन्नु भयो–‘होटलका रुममा भएको क्षमताका आधारमा डबल बेडमा २ जना र सिंगल बेडमा एक जना मात्र बस्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । क्षमता भन्दा बढीलाई कुनै पनि कोठामा सुत्नु पर्ने समस्या नहुने सबै होटलका सबै रुपमा खानेपानीको व्यवस्था हुनेछ ।’
    महाधिवेशन आउन अब १४ दिन बाँकी रहेको छ । आथित्यता शाखा रत्ननगरले यसको तयारीलाई करिब अन्तिम चरणमा पुराइसकेको र हरेक कामलाई तीब्र गतिमा बढाइएको शाखाका अध्यक्ष सुभाष पोखरेलले बताउनु भयो ।

    नोट : रजिष्ट्रेशन भएका शाखाहरुको नामवली शुक्रवार यसै अनलाइनबाट सार्वजनिक गरिनेछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…