पुष्कर खड्का/ रामेछाप – दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं–२ रातो घर नजिक बिहिबार राति जेसिवि दुर्घटना भएको छ ।
दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने तीनजना घाइते भएका छन् । बिहिबार राति ९ बजेर ३० मा उक्त दुर्घना भएको हो । दुर्घटनामा परी दोलखा जिल्ला विगु गाउँपालिका वडा नं.– ८, खोपचागु बस्ने वर्ष २२ का राजु थामीको घट्ना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरिक्षक यज्ञनन्द शाहले जानकारी दिनु भयो ।
दुर्घटनामा पर्ने कालिञ्चोक गाउँपालिका वडा नं–४ चिउरिखर्क बस्ने वर्ष २२ का जेसिवि चालक राज कुमार थामी, भिमेश्वर नगरपालिका २ बस्ने बर्ष १६ का सुमन थामी र विगु गाउँपालिका वडा नं. ७ अम्बा टोल बस्ने वर्ष २७ का विजय श्रेष्ठ घाईते भएका छन । घाइते तीनै जनालाई गएरातिनै प्रथामिक स्वाश्थ्य केन्द्र चरिकोटमा सामान्य उपचार पछि काठमाडौ रिफर गरिएको छ ।
उनिहरुको काठमाडौका विभिन्न अस्पतालमा उपचार भईरहेको छ । मृतक थामीको शव चरिकोट स्थित शव गृहमा राखिएको दोलखा प्रहरीले जनाएको छ । जेसिवि तिब्र गतिका कारण अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        