मोरङ । प्रदेश १ का आर्थिक मामिला मन्त्री ईन्द्र आङ्बो लिम्बुले संविधान संशोधन नभएसम्म लिम्बुवान संभव नहुने बताएका छन ।
आज मोरङको पथरीशनिश्चरेमा किरात याक्थुङ चुम्लुङ नगर समितिले आयोजना गरेको चासोक तङ्नाम कार्यक्रममा बोल्दै अर्थ मामिला मन्त्री लिम्बुले सो कुरा बताएका हुन ।
आगामी हिउँदे अधिवेशनले नाम बारे छलफल गरेर टुङ्गो लगाउने तयारी भएपनी संविधान संधोधन गरेर प्रदेशको संख्या वृद्धि नभएसम्म लिम्बुवान संभव नहुने बताए । अध्यपि नाम नाम पहिचानकै राख्ने सरकारको तयारी भइरहेको उनले बताए । मन्त्री लिम्बुले यस अघि प्रदेशको नाम किरात नाम राख्नु पर्ने बताउदै आएका थिए ।
प्रदेश सरकार सबैखाले सकुम्बासी समस्या समाधान गर्ने आश्वासन दिए । पथरीशनिश्चरे नगरको १० नम्बर वडामा आदिवासी संग्रहालय निर्माण गर्न सरकारले रकम छुटाएको बताए । संग्राहलयको नाम आदिवासीने हुने मन्त्री लिम्बुले बताए ।
कार्यक्रममा प्रदेश सांसद सुयर्मा राईले सत्ता पक्षीय सांसदहरु प्रदेशको नाम किरात राख्न चाहने र किरातलाई नमान्नेवीच द्वन्द्व भएको कारण अनिर्णयको बन्दी बनाउदै आएको आरोप लगाए । कांग्रेस पार्टीबाट निर्वाचन जितेका सांसद राईले नेकपाले पहिचानको नाममा भोट मागेर सरकारमा पुगेपछी जनतालाई धोका फिन नहुने बताए ।
समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य लोकसागर साम्बाले प्रदेश १ को नाम किरात लिम्बुवानको लागि पहल गर्न अर्थमन्त्री आङ्बोलाई आग्रह गरेका छन । लिम्बुवान बिनको नाम आए दुखदायी हुने साम्बाको भनाइ थियो ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला, प्रदेश सांसद शेखरचन्द्र थापा, नगर प्रमुख दिलिपकुमार राई, कियाचु मोरङ अध्यक्ष विबेक लिम्बू, सिरीजंङ्गा धार्मिक वन उपभोक्ता समितिका अध्यक्ष गंगा साम्बा लगाएतले शुभकामना दिएका थिए ।
चासोकको अवसरमा आयोजित पुरुष तर्फ भलिबल खेल बिजेता १ नम्बर प्रदेश प्रहरीलाई ५५ हजार, उपविजेता काङ्बा समाज, महिला तर्फ बिजेता दिपज्योती बलिबल क्लब मोरङ, उपबिजेता एभरेस्ट बोर्डिङ स्कुल पथरी मोरङलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        