• पुष्कर खड्का / रामेछाप - रामेछाप जिल्ला लगाएत देशभर चिसो बढेको छ ।रामेछापको उत्तरी क्षेत्र अन्तर्गत उच्च भुभाग रहेको उमाकुण्ड गाउँपालिकाका अन्तर्गत गुम्देल, चुचुरेको देउराली, वाम्ती, प्रितीको लाप्चाने र ठोसे त्यस्तै दोरम्वा गाउँपालिकाको शैलुङ्ग, दोरम्वा र गौश्वारा लगाएतको स्थानमा अत्याधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।त्यस्तै लिखु तामाकोसी गाउँपालिका धोबि,सैपु ,दुरागाउँमा पनि अत्याधिक चिसोबढेको छ ।

    जिल्लाको उच्च लेकाली क्षेत्रमा वसोवास गर्ने नागरिकहरुलाई अत्याधिक चिसोका कारण घर वाहिर निस्कन कठिनाई भएको छ । बिहिवार सम्म समान्य रहेको मौसम शुक्रबारबाट परिवर्तन भएर हुस्सु लागेसंगै सदरमुकाम मन्थलीमा पनि चिसो निकै बढेको छ । त्यसैगरी जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा पनि अत्याधिक चिसो बढेको छ ।

    विहिबारवाट शनिबारसम्मै पश्चिमका हिमाली भेगमा हिमपात र पहाडी भेगमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाले तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै हिमपात र वर्षाको सम्भावना रहेको जनाएको हो ।

    आउँदो शनिबारपछि भने मौसम खुल्ने उहाँको भनाइ छ । यस्तै काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकाको तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । चिसो बढेकाले बिहान बेलुका घर बाहिर सकेसम्म ननिस्किन डाक्टरले आग्रह गरेका छन् । निस्किनै परे न्यानो लुगा लगाएर हिँड्न डाक्टरको सुझाव छ । त्यस्तै झोलिलो तथा तातो खाना खानुपर्ने उनीहरुले बताएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …