• नरेन्द्र बस्नेत
    बेलबारी । धेरै सरकार फेरिए,ब्यबस्था फेरिए,हिजो त्यही बिद्यालयमा शिक्षिका रहेकी बिद्यादेवी भण्डारी अहिले राष्ट्रपति बनेकी छिन, तर उनले नै पढाएको एउटा बिद्यालयले न त स्तरोन्नति नै गरेको छ न त त्यो बिद्यालयमा सरकार र शिक्षा मन्त्रालयको नजर नै परेको छ ।
    बिद्यालय स्थापना भएको ५० बर्ष भईसकेको छ तरपनि बिद्यालयमा अझै निमाबि भन्दा माथिको पढाई हुँदैन । बिद्यालयमा कक्षाकोठा र भौतिक पुर्वाधारको समेत अभाव नै छ । हिजो त्यही शिक्षिका रहेकी राष्ट्रपति भण्डारी यो बिषयमा सायद अनभिज्ञ नै छिन । किनकी उनी बेलबारी नफर्किएको लामो समय बितिसकेको छ । त्यही बिद्यालय अर्थात मोरङको बेलबारी –१ नक्सलबारीमा रहेको जनता आधारभुत विद्यालयले यहि माघ १७ गतेदेखि स्वर्ण जयन्ती मनाउने तयारीमा जुटेको छ । 


    सो बिद्यालयमा बि.स २०४३ देखी २०४६ सालसम्म राष्ट्रपति भण्डारीले समेत अध्यापन गराएकी थिइन् । तत्कालीन नेकपा मालेको केही नेताको पहलमा सो बिद्यालयमा आएकी भण्डारी तत्कालिन महासचिब मदन भण्डारीको श्रीमती भनेर कसैलाई थाहा दिईएको थिएन् । पछि २०४६ सालको आन्दोलनमा अन्तराष्ट्रिय नारी दिवसका दिन उनी पनि बिद्यालय छोडेर आन्दोलनमा होमिएको र पछि आफुहरुलाई उनको बारेमा थाहा भएको बिद्यालयका पुर्बप्रधानाध्यापक कुल बहादुर थापा बताउँछन । थापा त्यसबेला भण्डारीका सहकर्मी शिक्षक थिए । एमाले नेता गुरु बराल लगायतले आन्दोलनका बेला भण्डारीलाई सुरक्षित राख्नका लागी सो बिद्यालयमा ल्याएपनि उनको बारेमा कसैलाई जानकारी दिईएको थिएन । 



    विद्यालय ५० बर्षपुग्दा समेत माध्यमिक तहसम्म पढाई हुने अबस्थामा पुगेको छैन । व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर निरौलाले विद्यालयलाई माबि तहको बनाउने उद्देश्यले स्वर्ण महोत्सब आयोजना गरिएको बताएका छन । राष्ट्रपतिले समेत अध्यापन गराएको बिद्यालय स्त्तरोन्नती गर्न सरकारको ध्यान पुग्न सक्नु पर्दथ्यो तर अहिले सम्म विद्यालयलाई आवश्यक सहयोग नहुँदा बिद्यालयको अबस्था जस्ताको त्यस्तै रहेको अध्यक्ष निरौलाको गुनासो छ ।
    विद्यालयमा बिध्यार्थीहरुको सङ्ख्या बढेपनि भवनको कक्षा कोठा अपुग हुँदैछ । कक्षा कोठा निर्माण गर्न होस वा अन्य आवश्यक संरचना, विद्यालयको जग्गा अपुग बन्दै छ । विद्यालयका प्रधानध्यापक तथा स्वर्ण महोत्सव मूल समारोह समितिका सदस्य सचिव सम्भुप्रसाद खनालले बेलबारी वडा नं. १ भित्र एकमात्र निमावि तहको सामुदायिक विद्यालय भएकोले अनिवार्य गुणस्तरिय शिक्षा तथा सर्वसुलभ शिक्षा प्रदान गर्ने स्वर्ण महोत्सवको नारा र उद्देश्य रहेको बताएका छन् । ३ वर्ष भित्र अनिवार्य श्री जनता निमाबिलाई मा.वि तहको बनाउने लक्ष्य रहेको प्रधानध्यापक खनाल बताउँछन ।



    महोत्सव अन्र्तगत १८ गते बेलबारी स्रोत केन्द्र अन्र्तगतका विद्यालय बिच नृत्य प्रतियोगिता हुने र १९ गते अन्य कार्यक्रमको साथमा स्वर्ण स्मारिका २०७४ को विमोचन र स्वर्ण महोत्सव समारोह २०७४ को समापन गर्ने स्वर्ण महोत्सव मूल समारोह समितिका सदस्य तथा स्वर्ण स्मारिकाका संयोजक भीम बस्नेतले बताए । बिद्यालय ५० बर्ष पुगेका अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी गरिरहेको प्रचारप्रसार समितिका संयोजक टेकराज मगरले बताए । महोत्सवमा बेलबारी स्रोत केन्द्रमा आबद्ध ३२ वटा सामुदायिक विद्यालयहरूको सहभागिता हुने जनाईएको छ । महोत्सबको तिब्र तयारी भईरहेको समेत उनले जानकारी दिएका छन । बेतना दैनिकमा समाचार छ । 

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…