नेपाल जेसीजको अभियानमा जेसिआइ सिनेटर रुकमणी सिग्देल नौलो नाम होइन । भकुण्डेबेसी जेसीजबाट आफ्नो जेसीज यात्रा सुरु गर्नु भएको सिग्देलले जेसीज दौरानमा थुप्रै अवसर र चुनौतीहरुलाई पार गर्दै आउनु भएको छ । भकुण्डेबेसी जेसीजको २०१८ को अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेर सफल अध्यक्षको नमुना पेश गर्दै २०१९ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा सर्वाधिक मतका साथ विजयी बन्नु भएको थियो । आफ्नो कार्यकालमा भकुण्डेबेसीमा आफु मात्र सफल होइन शाखालाई पनि नेपाल जेसीजमा उत्कृष्ट शाखाका रुपमा अवार्ड प्राप्त गर्न सफल हुनु भयो । यति मात्र होइन उहाँले २०१८ को उत्कृष्ट अध्यक्षको राष्ट्रिय अवार्ड समेत प्राप्त गर्न सफल हुनु भयो ।
शाखामा गरेको अनुभव र एक वर्ष राष्ट्रिय उपाध्यक्षमा रहेर गरेको कामलाई अझ सार्थक बनाउने लक्ष्यका साथ सिनेटर सिग्देलले २०२० का लागि राष्ट्रिय कार्यकारीणी पदमा आफ्नो उम्मेदवारी दिनु भएको छ ।
सन २०११ देखि जेसिज अभियान होमिएर उहाँले थुप्रै अवसरहरुलाई ग्रहण गर्दै आम युवाहरुलाई सँगै लिएर अघि बढ्नु भएको छ । आफ्नो अध्यक्ष कालमा शाखामा अत्यन्त आवश्यक सुधारका काम गरि शाखाको गरिमालाई उच्च बिन्दुमा पुर्याउने कार्य गर्नुभयो ।
२०१८ देखि नै नेपाल जेसीजले आयोजना गर्ने हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आउनु भएको सिनेटर सिग्देलले जेसीआईको वल्र्ड कंग्रेस,जापानको कानाजाव कन्फ्रेन्समा सहभागिता जनाइसक्नु भएको छ ।
आफ्नो एसाइन एरिया डि का शाखा भ्रमणमा राष्ट्रिय उपाध्यक्ष मात्र नभएर एक कुशल प्रशिक्षक बनेर काम गर्नु भयो । नेपाल जेसीजका ४ वटै बोर्ड बैठक र ४ वटै एरिया कन्फ्रेन्समा सहभागिता जनाउनु भएको सिग्देल अप्रिल महिनाका अफिसर अफ द मन्थको अवार्ड समेत प्राप्त गर्नु भयो ।
क्षेत्र घ सम्मेलन गर्ने शाखाको निरुपित राष्ट्रिय उपाध्यक्षको हैसियतले शाखा संग समन्वय गर्न ३ पटक सम्म शाखासंग भेट एवं भ्रमण गरि क्षेत्रीय सम्मेलन सफल पार्न आफ्नो सम्पूर्ण जिम्मेवारी पूरा गरि उक्त क्षेत्रमा लोकप्रिय रहन सफल हुनुभएको छ । देशभरमा आफ्ना निरुपित शाखा लगाएत ३१ भन्दा बढी शाखाहरुका कार्यक्रमहरुमा सहभागीता जनाइ सक्रियताको नमुना प्रस्तुत गरिसक्नु भएको छ ।
नेपाल जेसिजले प्रदान गर्ने तालिमहरु मध्ये जेसिआई नेपाल एकेडेमी एवं नेशनल टट जस्ता तालीमहरुबाट दिक्षित सिग्देल एक सफल ट्रेनर समेत हुनुहुन्छ । पेशाले चैतन्य बहुमुखी क्याम्पस बनेपामा प्रध्यापनरत र व्यासासायिक जिम्मेवारी सम्हाल्दै आउनु भएको सिग्देल साहित्य क्षेत्रमा पनि उत्तिकै अब्बल हुनुहुन्छ । उहाँले २ ओटा ‘घाउ नसम्झाउ र रुबसी मेरो कलम’ गजल सङ्रह प्रकाशित गर्नु भएको छ । जेसिजको बिषयमा राष्ट्रिय र अन्तरास्ट्रिय चासो र सक्रियता राख्ने स्नातकोत्तर र एल एल बि सम्मको अध्यन गर्नु भएको उहाँ सामाजिक क्षेत्रमा उत्तिकै क्रियाशिल हुनुहुन्छ ।
सिग्देल नारी श्रष्टा समाजको पूर्व अध्यक्ष, उज्याले महिला समाजको अध्यक्ष, रोटरी क्लब अफ काभ्रे बनेपाको सञ्चालक समिति सदस्यलगायतका संघ संस्थामा आबद्ध हुनुहुन्छ ।
उहाँले २०२० मा नेपाल जेसीजको अभियानलाई थप सार्थक बनाउन कार्यकारीणी उपाध्यक्ष पदमा उम्मेदवारी रहेको र साथ सहयोग गर्न सबै जेसीज मनहरुलाई आग्रह गर्नु भयो । आफुले नेपाल जेसीजमा काम गर्ने अवसर पाए २०१९ मा गरेका अनुभवहरुलाई अझ सार्थक बनाउँदै जेसीज नेतृत्वको पहिचानमा निखार ल्याउने बताउनु भयो । उहाँले समाजमा जेसिजलाई हेर्ने दृस्ठिकोणलाई अझ सकारात्मक बनाउन आफ्ना व्यवहार र अभियानहरु अझै सकारात्मक र शशक्त ढंगले अगाडि लगि महिला नेतृत्व लगाएत सम्पूर्ण युवा नेतृत्व लाई सकारात्मक प्रेरणा र उर्जा प्रदान गर्ने कार्यशैली हरु प्रस्तुत गरि बर्ष २०२० लाई उत्कृष्ट जेसिज बर्ष बनाउन उद्धत रहने बताउनुभयो ।