• बाहुण्डाँगी । वालिङ जेसीजको २०२० का लागि शाखा अध्यक्षमा होमकान्त गौतम सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार भएको शाखाको १७ औँ साधारणसभा तथा १६ औँ शाखा अधिवेशनले गौतमलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा अशोक तिवारी र सन्दिप कडेँल, उपाध्यक्षहरुमा अमृत बगाले, शंकर सुवेदी, राधा तिवारी र शंक्र पौडेल रहनु भएको छ । यसैगरी कानुनी सल्लाहकारमा धुब्र पंगेनी मनोनित हुनु भएको र बाँकी रहेका पदमा पदस्हस्तान्तरण कार्यक्रममा मनोनित गरिने निर्वाचन आयुक्त भिप्रसाद पंगेनीले बताउनु भयो । कार्यक्रम शाखाका अध्यक्ष राजु तिवारीको अध्यक्षता तथा वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँडको प्रमुख आतिथ्यतामा सम्पन्न, कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष एवम नगरका प्रवक्ता केदार काफ्ले, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्यालले बोल्नु भएको थियो । निवर्तमान अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) ले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन धुब्र पंगेनीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…